पोखरेली मञ्च युकेको अध्यक्षमा करम गुरुङ सर्वसम्मत निर्वाचित

पोखरा स्पोर्टस । युकेमा बसोबास गर्ने पोखरेलीहरुको साझा संस्था पोखरेली मञ्च युकेको अध्यक्षमा करम गुरुङ सर्वसम्मत निर्वाचत भएका छन् ।

युकेमा सम्पन्न चौथो अघिवेशनबाट उनी आगामी तिन वर्षका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष करम पोखरा १४ निवासी हुन् । हाल उनी युकेमा आफ्नो व्यवसाय संगै सामाजिक अभियानमा व्यस्त छन् ।

यसै गरी अधिवेशनले मञ्चको उपाध्यक्षमा गंगा गुरुङ्ग ( (पबित्रा) , सचिवमा टिकाराम गुरुङ (जिवन) लाई चयन गरेको छ । यसै गरी कार्यसमिती सदस्यमा मीना गुरुङ, ओम गुरुङलगायतलाई चयन गरिएको मञ्चले जनाएको छ ।

पोखरेली मञ्च युके पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर समेत हो भने युकेमा हाइकिङ, क्रिकेट लगायत अन्य सामाजिक अभियानमा सक्रिय छ । मञ्चले आगामी नेपाली नयाँ वर्ष २०७९ वैशाख १ गते युकेमा नेपाल रनको समेत आयोजना गर्ने तयारी गरेको छ ।

यस अघि मञ्चको नेतृत्व मान प्रसाद गुरुङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close