टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा छैटौँ टाइगर कप भलिबल भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैमा आभार

पोखरा स्पोर्ट्स । पोखरामा सम्पन्न ‘छैटौँ एनसेल टाइगर कप २०२६ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’ भव्य र सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपालले सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ ।

पोखरा रंगशालामा २०८२ माघ ९ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगिता सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, व्यक्ति तथा निकायप्रति आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेको हो ।

संस्थाका अध्यक्ष नारायण शर्माद्वारा जारी गरिएको धन्यवाद वक्तव्यमा भनिएको छ– “प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण संघ–संस्था, व्यक्ति तथा निकायप्रति आयोजक टाइगर ग्रुप अफ पोखरा नेपाल हार्दिक आभार व्यक्त गर्दछ ।”

आयोजकले प्रतियोगितालाई स्वीकृति तथा संयोजन प्रदान गर्ने नेपाल भलिबल संघ, मुख्य प्रायोजक एनसेल, सह–प्रायोजकहरू, कान्तिपुर मिडिया ग्रुप, सुश्री मिडिया प्रा.लि., संघीय सरकार, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार, पोखरा महानगरपालिका, प्रदेश खेलकुद परिषद् गण्डकीलगायत सबै निकायको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गरेको छ ।

यसैगरी विभिन्न खेल संघ–संस्था, होटल तथा साझेदार संस्थाहरू, पुरस्कार प्रायोजक, विज्ञापनदाता, स्वदेशी तथा विदेशी महिला–पुरुष सहभागी टिमहरू, निर्णायक, खेल प्राविधिक, सुरक्षाकर्मी, स्वयंसेवक, सञ्चारकर्मी, नागरिक समाज, युवा क्लब, आमा समूह, कान्तिपुर टेलिभिजन तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ ।

त्यसै गरी नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, काभाका अध्यक्ष मोहम्मद लातिफ, एनसेलका कार्यकारी प्रमुख, प्रमुख अतिथि पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य, विशेष अतिथि तथा प्रतियोगिता अवलोकन गर्न उपस्थित सम्पूर्ण दर्शकप्रति पनि आयोजकले कृतज्ञता प्रकट गरेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष शर्माले प्रतियोगिताको सफल आयोजनले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा थप स्थापित गर्न मद्दत पुगेको उल्लेख गर्दै आगामी दिनमा अझ स्तरीय र प्रभावकारी प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघले पुरुषतर्फको उपाधि जितेको थियो भने महिलातर्फ डायमण्ड यूथ स्पोर्ट्स क्लबले उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close