जिम्बाबेको टी-२० विश्वकपमा विजयी शुरुवात, ओमान ८ विकेटले पराजित

पोखरा स्पोर्ट्स ।  जिम्बाबेले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । सोमबार श्रीलंकाको कोलम्बोमा सम्पन्न खेलमा जिम्बाबेले ८ विकेटको जित हासिल गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । 

ओमानले दिएको १०४ रनको लक्ष्य पछाएको जिम्बाबेले १३.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । जिम्बाबेका लागि ब्रियन बेनेटले अविजित ४८ रन बनाएका थिए । 

यसअघि समुह बी अन्तर्गतको यस खेलमा ओमानले टस हारेर पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो ।

ओमानका लागि विनायक शुक्ला, सुफयान मेहमूदले २५ र नदीम खानले २० रन बनाएका थिए । त्यस्तै जिम्बाबेका  बलर रिचार्ड एन्गाराभा, ब्लेसिंग मुजाराबानी र ब्राड इभान्सले ३-३ विकेट लिएका थिए । त्यस्तै सिकन्दर राजाले एक विकेट लिएका थिए ।

यो जितपछि अब जिम्बाबेले आगामी शुक्रबार अस्ट्रेलियासँग खेल्ने तालिका छ भने ओमानले अर्को खेल विहिबार श्रीलंकाविरुद्ध खेल्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close