इटालीलाई ठुलो झट्का, फिल्डिङ गर्दा कप्तान म्याड्सेनको काँध डिसलोकेट

पोखरा स्पोर्ट्स । जारी टी–२० विश्वकपको पहिलो खेल खेलिरहेको इटालीलाई ठुलो झट्का लागेको छ । स्कटल्याण्डविरुद्धको जारी खेलमा कप्तान वेन म्याड्सेन खेलका क्रममा काँधको चोटका कारण मैदानबाट बाहिरिएका छन् ।

इडेन गार्डेन्समा स्कटल्यान्डको इनिङ्सको चौथो ओभरमा फिल्डिङ गर्दै गर्दा म्याड्सेनको बाँया काँध डिसलोकेट भएको बताइएको छ । उनी तुरुन्तै चिकित्सकीय उपचारका लागि मैदानबाट बाहिरिए र एक्सरेका लागि अस्पताल लगिएको बताइएको छ ।

४२ वर्षीय म्याड्सेन इटालीका सबैभन्दा अनुभवी खेलाडी हुन् । उनको अनुपस्थितिमा स्कटल्यान्डको इनिङ्स बाँकी समय ह्यारी मानेन्टीले कप्तानी सम्हालेका छन् ।

इटालीले अब फेब्रुअरी १२ मा मुम्बईमा नेपालसँग तथा त्यसपछि इङ्ग्ल्यान्ड र वेष्ट इन्डिजसँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close