
पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लिभरपुलमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा बेर्नानडो सिल्भा र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए ।
त्यस्तै लिभरपुलका लागि एक गोल डोमिनिक स्जोबोस्ज्लाईले एक गोल गरेका थिए । यस खेलमा स्जोबोसजलाईले यस खेलको ९० मिनेट पछिको इन्जुरी समयमा रातो कार्ड पाएका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको २५ खेलमा ५० अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लिभरपुल भने २५ खेलमा ३९ अंकसहित छैटौं स्थानमा झरेको छ ।
