
पोखरा, ६ फागुन ।
खेलकुद बाट पनि परिवर्तन सम्भब छ र निदाएको गाँउ ठाउँ र समाजलाई व्यूत्याउँने ठूलो दुश्हास गर्छ भन्ने कुरा यहि माघ २६ गते सम्पन्न क्रस कन्ट्री प्रमाणित गरेको छ । ७ सय कोल्मा र ४ थुम मिलेर बनेको कोल्मा बहाकोट स्याङ्जाकै एक रमणिय गाँउ हो । तर, अहिले कोल्मा बहाकोट स्याङ्जामा मात्रै भेटिँदैन् ।
नेपालका अन्य ग्रामिण भेग जस्तै कोल्मा कहिले हङकङ र युकेतिर, अलिकति अस्ट्रेलिया, जापानमा भेटिन्छ । त्यही कोल्मा भारतको भूमी रक्षागर्न यूद्ध भूमीमा राइफलका गोलीमा शुसेली काढेको भेटिन्छ त कहिले खाडीको भूमीमा चर्को घाममा पसिना चुहाएको भेटिन्छ । बाँकी कोल्मा बहाकोट पोखरातिर अन्य विदेशमा भेटिने भए पनि साँचो अर्थको कोल्मा अनि त्यो कोल्माको परिवेश कतै भेटिदैन ।
यि सबै पंक्तिहुन क्रस कन्ट्रिका परिकल्पनाकार एलबिजेड् गुरुङका । उनी गैर आवाशिय नेपाली संघ यूकेका यूवा संयोजक समेत हुन । लामो समय बेलायतको बसाई अनि खेल प्र्रतीको यूवाको उद्वेलित भावना खेल मार्फत पोख्न उनी गाँउ फर्के । एक महिनाको छोटो तयारीमा उनले सबैलाई एक जुट बनाउँदै माघ २६ गते क्रस कन्ट्री दौड सफल बनाए । न त त्यहाँ स्वार्थ थियो न त राजनिती थियो न त कमाउने सोच त्यो केवल निदाएका गाउँले हरुलाई जगाउने काम थियो अन्ततः सफल भयो ।
सात सय कोल्माले जोडेको गाउँलाई पुरानै अवस्थामा फर्काउने र उसैगरी यहाँको माटोलाई हराभरा बनाउने एलविजेड्को परिकल्पनालाई सबै गाउँलेले साथ दिए । कसैले राजनिती संग पनि जोडे तर उनको त्यो दृढ अठोट डगमाएन अन्ततः सफल भयो । सबैले एकै स्वरमा भने एलबिडेड् विदेश नवस गाउँनै फर्क । यो सन्देश एलविजेड्का लागि मात्र थिएन । विदेशमा पसिना बगाउँदै गरेका यूवालाई स्वदेश फर्काउन र गाउँ ठाउँको माटोमा लड्न सिकाउने सन्देश पनि थियो ।
एलबी भन्छन यो मेरो एक्लो प्रयास थिएन यसमा धेरै जनाको हात छ । विदेशमा रहेका हरुले फेरी एक पटक आफ्नो गाउँलाई सम्झे, संस्कृती सम्झे, दाजुभाइलाई सम्झे अनि कार्यक्रमले भव्यता पायो फेरी पटक–पटकका लागि । सामाजिक अभियान र खेलकुदको पाटोले एउटा सानो कार्यक्रमले पनि गाउँले जुरुक्क उठाउन चौतर्फी सहयोगका हातहरु अगाडी बढे । हाल यूकेमा रहेका सात सय कोल्मा बहाकोटका संयोजक डोर बहादुर गुरुङको सहयोगलाई एलबिजेड् आभार व्यक्त गर्न चाहन्छन ।
नेपालका कुना कुना बाट खेलाडी आए । धेरै दर्शक यसमा हौसला दिन पुगे । गाउँले हरुले मिलेर ठाउँ ठाउँमा स्वागत द्वार खडा गरे । यस्तो देख्न पायौँकी बयान गर्ने कुनै शव्द नै रहेनन । धेरै अग्रजको सुझाब, सदभाव यूवाहरुको जागरण, राजनितिक दलहरुको सर्मथन र सहयोग । संस्कृती कर्मीहरुको प्रस्त्ुती । गाउँले भाका सोरठी, घाटुले यूवा पुस्ताले सिक्ने मौका पायो । जुन इतिहासका पानामा थन्किदैं थियो । फेरी त्यो सात सय कोल्मामा गुञ्जयमान भयो ।
पछाडी फर्केर हेर्दा एलबिजेड भन्छन “कायक्रमको उमंगताले फेरी अर्को वर्ष यसले महोत्सबको रुप लिनेछ र तमाम सात सय कोल्मा बहाकोट बाशीलाई वर्षमा आफ्नो माटो समिझने प्रयास गराउने छ ।” सात सय कोल्मा अब निदाउने छैन संधै संधै आफ्ना भावी पुस्तालाई माटोमा फर्काउन यो कार्यक्रमले जग हालेको छ यूवाहरुलाई गाउँमा पसिना चुहाउने बातावरण सिर्जना गर्नेछ ।
