
पोखरा स्पोर्टस । गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा पोखरामा बिहीबारदेखि यू–१९ पुरुष वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौट प्रतियोगिता सुरु हुने भएको छ ।

पोखरा रंगशालामा हुने उद्घाटन खेलमा घरेलु टोली कास्कीले नवलपुरविरुद्ध खेल्ने छ । ६ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका तनहुँ, स्याङजा, नवलपुर र कास्कीको टोलीले भाग लिंदैछन् ।
आयोजक संघले जारी गरेको खेल तालिका अनुसार शुक्रबार तनहुँ र कास्की, शनिबार नवलपुर र स्याङजा, आइतबार स्याङजा र तनहुँ तथा सोमबार स्याङजा र कास्की विच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको छनौंट गरी मंसिर ६ देखि काठमाण्डौमा हुने यू–१९ पुरुष वाईवाई राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकीको टिम बनाइने आयोजक संघका अध्यक्ष देवेन्सन प्रजुले जानकारी दिए ।
