
पोखरा स्पोर्ट्स । नेपाली फुटबलको प्रतिष्ठित प्रतियोगिता २५औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता पोखरामा आयोजना हुने भएको छ। सहारा क्लब पोखराको आयोजनामा हुने यस प्रतियोगिता माघ २७ गतेदेखि फागुन ९ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा नेपालका ए–डिभिजनका चर्चित क्लबसँगै भारत, हङकङ र उज्बेकिस्तानका अन्तर्राष्ट्रिय क्लबहरूको समेत सहभागिता रहनेछ। प्रतियोगिताले पोखराको खेलकुद पर्यटन प्रवर्द्धनका साथै नेपाली फुटबलको स्तर अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
सहभागी टिमहरू
-
सहारा क्लब पोखरा
-
गोर्खा इन्टरनेशनल फुटबल क्लब, हङकङ
-
ज्वालाखेल युथ क्लब
-
मच्छिन्द्र फुटबल क्लब
-
नेपाल एपीएफ क्लब
-
मनाङ मर्स्याङ्दी क्लब
-
फ्रेन्ड्स क्लब
-
प्लानिङ ब्वाइज युनाइटेड
-
नेपाल पुलिस क्लब
-
चर्च ब्वाइज युनाइटेड
-
थन्डरबोल्ट नर्थ युनाइटेड, भारत
-
एभिए फुटबल क्लब, उज्बेकिस्तान
खेल तालिका
-
माघ २७ गते:
सहारा क्लब पोखरा 🆚 गोर्खा इन्टरनेशनल फुटबल क्लब, हङकङ -
माघ २८ गते:
ज्वालाखेल युथ क्लब 🆚 मच्छिन्द्र फुटबल क्लब -
माघ २९ गते:
नेपाल एपीएफ क्लब 🆚 मनाङ मर्स्याङ्दी क्लब -
फागुन १ गते:
फ्रेन्ड्स क्लब 🆚 प्लानिङ ब्वाइज युनाइटेड -
फागुन २ गते:
नेपाल पुलिस क्लब 🆚 पहिलो प्रि–क्वार्टरफाइनल विजेता -
फागुन ३ गते:
चर्च ब्वाइज युनाइटेड 🆚 दोस्रो प्रि–क्वार्टरफाइनल विजेता -
फागुन ४ गते:
थन्डरबोल्ट नर्थ युनाइटेड, भारत 🆚 तेस्रो प्रि–क्वार्टरफाइनल विजेता -
फागुन ५ गते:
एभिए फुटबल क्लब, उज्बेकिस्तान 🆚 चौथो प्रि–क्वार्टरफाइनल विजेता -
फागुन ६ गते:
पहिलो क्वार्टरफाइनल विजेता 🆚 तेस्रो क्वार्टरफाइनल विजेता -
फागुन ७ गते:
दोस्रो क्वार्टरफाइनल विजेता 🆚 चौथो क्वार्टरफाइनल विजेता -
फागुन ९ गते:
फाइनल खेल:
पहिलो सेमिफाइनल विजेता 🆚 दोस्रो सेमिफाइनल विजेता
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै पोखरालाई खेलकुद शहरका रूपमा थप चिनाउने विश्वास गरिएको छ।
