आहा! रारा पोखरा गोल्डकपको रजत वर्षमा २५ व्यक्ति तथा संस्थालाई सम्मान गरिने

पोखरा स्पोर्ट्स । नेपाली फुटबलको प्रतिष्ठित प्रतियोगिता आहा! रारा पोखरा गोल्डकपको २५औँ संस्करण (रजत जयन्ती)को अवसरमा २५ जना व्यक्ति तथा विभिन्न संस्थालाई सम्मान गरिने भएको छ।

“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं” भन्ने उद्घोषसहित सञ्चालन हुँदै आएको प्रतियोगिताको रजत वर्षलाई विशेष बनाउँदै आयोजकले खेलकुद, समाज र संस्थागत क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्व तथा संस्थालाई सम्मान गर्न लागेको हो।

सम्मानित हुनेहरूमा
श्री प्रकाश के.सी., किरण के.सी., रोशन के.सी., विक्रम थापा, अजय फुयाँल, प्रकाश तिमिल्सिना, विपेन्द्र श्रेष्ठ, मिलन तमु, दिलिप राई, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, हरि कुमार श्रेष्ठ, प्रकाश शेरचन, खेम बहादुर गुरुङ, टिका बहादुर कार्की, सुनिल कुमार गुरुङ, फेवा सिटी अस्पताल, देव गुरुङ, पोखरा महानगरपालिका, स्व. हेम बहादुर गुरुङ, स्व. राजमान थकाली, दीपक गुरुङ, कृष्ण गुरुङ र केशवराज बराल रहेका छन्।

आयोजकका अनुसार सम्मान कार्यक्रम प्रतियोगिताको विशेष समारोहका बीच सम्पन्न गरिनेछ। रजत जयन्ती संस्करणलाई अझ भव्य र स्मरणीय बनाउने उद्देश्यले सम्मान, सांस्कृतिक कार्यक्रम तथा विभिन्न गतिविधि समावेश गरिने जनाइएको छ।

आहा! रारा पोखरा गोल्डकपले विगत २५ वर्षदेखि पोखरालाई नेपाली फुटबलको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close