पाल्मरको ह्याट्रिकमा चेल्सीको शानदार जित

पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले वोल्भ्समाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले वोल्भ्सलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

चेल्सीको जितमा कोल पाल्मरले ह्याट्रिक गरेका थिए । उनले खेलको १३, ३५ र ३८औं मिनेटमा गोल गरेर आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै वोल्भ्सका लागि टोलु अरोकोडारले एक गोल गरेका थिए ।

यो जितपछि चेल्सीको २५ खेलमा ४३ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यस्तै वोल्भ्सको २५ खेलमा ८ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close