‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगः घरेलु टोली स्पोर्टस क्यासल विजयी

पोखरा स्पोर्टस । पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत घरेलु टोली स्पोर्टस क्यासल विजयी भएको छ ।

पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शुक्रबार भएको डर्विखेलमा स्पोर्टस क्यासलले सविन मेमोरियललाई २–० ले हराउँदै अपराजित यात्रा कायमै राख्न सफल भएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सुरज गुरुङ र किशोर गुरुङले गोल गर्दै क्यासललाई जित दिलाएका थिए ।

सुरजले खेलको १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । यस्तै किशोरले ३४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । जितसंगै क्यासलको ७ खेलबाट १९ अंक रहेको छ । सविनले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको हो । सविनको उत्कृष्ट तिन प्रहारहरु पोष्ट बाधक बन्यो ।

आफ्नो हार पश्चात सविनका प्रशिक्षक राजेन्द्र तामाङले केही खेलाडीले भने अनुसार नखेलेको प्रतिक्रिया दिए । उनले क्यासल विरुद्धको खेल निकैनै प्रतिस्पर्धात्मक रहेको बताए । सविनको भने ७ खेलबाट १० अंक सहित तालिकाको पाँचौ स्थानमा रहेको छ । क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले आफूहरु पहिलो स्थानका लागि खेल्ने बताए । खेलको म्यान अफ दि म्याच क्यासलका गोलरक्षक विश्वास पौडेल घोषित भए ।

यस्तै शंखमुल फुटसल र मछिन्द्र स्काइ गोल्सले भने अंक बाडेका छन् । प्रतियोगिता अन्तरगत शुक्रबारको दोस्रो खेलमा शंखमुल र मछिन्द्रले २–२ गोलको बराबरी खेल्दै १÷१ अंक बाडेका हुन् । शंखमुलको कुल ७ खेलबाट १५ अंक रहेको छ । खेलमा शंखमुलले अग्रता लिएपनि जित हात पार्न भने सकेन् । खेलको ८ औँ मिनेटमा क्रिजल खड्काले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएपनि दोस्रो हाफमा भने मछिन्द्रले गोल गर्दै बराबरी ग¥यो । २२ औँ मिनेटमा आशिष सुनमले गोल गर्दै बराबरी गरे । २७ औँ मिनेटमा अरुज सिंहलेले टोलीका लागि दोस्रो गोल गरेपनि मछिन्द्रका मिसोन गुरुङले ३० औँ मिनेटमा बराबरी गोल फर्काए । खेलको म्यान अफ दि म्याच शंखमुलका अरुज सिंह घोषित भए ।

शुक्रवारको अन्तिम खेलमा प्रभातफेरीले झरना युथ क्लबलाई ७–३ गोल अन्तरले हराएको छ । प्रभातफेरीको जितमा सिजन गुरुङले २ तथा धिरज जोशी, श्रीजेश पुरी,अखिलेस कार्की, नविन लामा र शान्ता लामाले समान १–१ गोल गरे । झरनाका लागि प्रेम छन्त्याल र कप्तान जितेश गुरुङले गोल गरे । १ गोल भने झरनाले उपहार स्वरुप पायो । प्रभातफेरीका श्रीजेश पुरीले आत्मघाती गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच प्रभातफेरीका नविन लामा घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close