
पोखरा,
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बन्द प्रशिक्षणमा रहेका महिला ह्यण्डबल खेलाडी तथा प्रशिक्षकहरुलाई मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका तर्फ राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले खेल जर्शी उपलव्ध गराएका छन ।

खेलाडी तथा प्रशिक्षकहरुलाई खेल जर्शी प्रदान गर्दै राखेप सदस्य गुरुङले विषम परिस्थितीमा पनि नेपाली खेलाडीले राष्टिय ध्वाजा माथी उठाउन कठिन परिश्रम गरिरहेकोमा खुसी व्यक्त गर्दै खेलाडीका जुन सुकै समस्यामा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

आफू पनि खेलकुद बाटै स्थापित भएकोे र खेलाडीको भावनालाई बुझेको बताउँदै राखेप सदस्य गुरुङल भने–‘कुनै समस्या भएमा मलाई भन्नुहोस म तपाईहरुका समस्यालाई परिषदमा पुर्याउने काम गर्ने मात्रै नभई तत्काल समाधान गर्ने प्रयत्न गर्नेछु ।’

सो अबसरमा मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका संयोजक समेत रहेका राखेप सदस्य गुरुङले पोखरा रंगशालामा हाल ११ हजार लिटरको पिउने पानीको व्यवस्था गरिसकेको र थप २० हजार लिटरको पिउने पानीको व्यवस्थाका लागि विभिन्न उद्योगपती र व्यवसायी संग छलफल चलिरहेको जानकारी समेत दिए ।

सो अबसरमा नेपाल ह्याण्डबल संघका सचिब तथा पत्रकार केशब पाठकले राखेप सदस्य गुरुङको सहयोगका लागि संघका तर्फ बाट हार्दिक आभार व्यक्त गर्दै खेलाडीलाई राष्ट्रका लागि पदक ल्याउन थप मेहनतका साथ प्रशिक्षण गर्न आग्रह गरे ।

खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, उपनिर्देशक कृष्ण तिमिल्सिना, क्रिकेटका कोषाध्यक्ष जिम्मी गुरुङ ‘चन्द्र’, समाजसेवी तथा खेलप्रेमी बिमलमान गुभाजु लगाएतले खेलाडीलाई जर्शी वितरण गरेका थिए ।

साग ह्याण्डबल अन्तरगत पोखरामा हुने ह्याण्डबल खेलको पुरुष तथा महिला खेलाडीहरु हाल पोखरामा बन्द प्रशिक्षणमा रहेका छन । जस अन्तरगत महिला खेलाडी २१ जना बन्द प्रशिक्षण रहेका छन ।
