
पोखरा, नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्कीडोे सेमिनार शनीबार सुरु भएको छ । शनीबार कास्कीको पोेखरा रंगशालामा अवस्थित कभर्डहलमा सेमिनारको गण्डकी प्रदेशकी सामाजीक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरिन् ।
सो अवसरमा विशिष्ट ग्रान्डमास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका हेडमास्टर जफार नभेइ र स्पेनका मास्टर सल्भाडोर कभालेरो पनि उद्घाटन समारोहमा उपस्थित थिए । यी चार जनासंगै सिनीयर मास्टर नेपालका काली बहादुर घर्ती मगरले प्रशिक्षण दिने छन् ।

समारोहमा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, नेपाल मार्सल आर्ट्स हाप्कीडो संघका सल्लाहकार नविन रोका मगर, संघका गण्डकी प्रदेश कमिटीका अध्यक्ष एमवी आस्था र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ लगायतले सेमिनारको सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा परिष्दका पूर्व सदस्य नारायण पौडेल, सेनाका पश्चिम पृतना हेड क्वार्टरका पृतनापती मेजर जनरल गोकुल भण्डारी, गण्डकी प्रदेशका प्र्हरी प्रमुख प्रहरी नायव महानिरिक्षक विनोद शर्मा घिमिरे, सशस्त्र प्रहरी बल मुक्तीनाथ बाहीनीका बाहीनीपती सशस्त्र प्रहरी नायव महानिरिक्षक कविन्द्र मान श्रेष्ठ, सुरक्षा अधिकारी र खेल व्यक्तित्वको उपस्थिती थियो । उद्घाटन समारोहमा प्रमुख अतिथी पुनले गण्डकी प्रदेशमा यस स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना हुनु प्रदेशका लागि समेत गर्वको विषय भएको वताइन् ।

ग्रान्डमास्टर लीले नेपाली हाप्कीडोको विकास र विस्तारका लागि आफ्नो सधै सहयोग रहने वताए । सल्लाहकार मगरले सरकारले गर्नुपर्ने काम हाप्कीडो संघले गरेको प्रतिक्रिया व्यक्त गरे । आयोजक कमिटीका अध्यक्ष काली बहादुर घर्ती मगरले सवैको सहयोगले नेपाली हाप्कीडोले एक पछि अर्को फड्को मार्दै गएका कारण आगामी दिनमा अझ माथिल्लो फड्को मार्ने विश्वास व्यक्त गरे । उद्घाटन समारोहमा कास्की, भक्तपुर, बौद्ध, काठमाडौं मुलपानी र नेपाल आर्मीका हाप्कीडो खेलाडीले मार्सल आर्ट्स तथा सेल्फ डिफेन्स सम्बन्धी डेमोस्ट्रेसन गरेका थिए ।

सेमिनारमा ६ सय खेलाडीको सहभागिता रहेको छ । गण्डकी मार्सल आर्ट्स हाप्कीडो एसोसीएसन र कास्की मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनको सहयोगमा आयोजीत दुइ दिने सेमिनारले खेललाई अन्तराष्ट्रिय स्तरमा समेत परिचित गराउने विश्वास गरिएको छ ।
छोटो समयमा थुप्रै दक्ष प्राविधीक तयार पार्दै सफलता पाउदै गरेको एसोसीएसनले नियमित प्रशिक्षण दिदै आइरहेको छ । यस सेमिनार नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक तुल्याउन पनि महत्वपूर्ण हुने आयोजक कमिटीले जनाएको छ ।
