
पोखरा स्पोर्ट्स । लमजुङको बेसीसहरमा जारी त्रिवेणी कप फुटबल प्रतियोगितामा उपाधिका लागि एपिएफ क्लब र लाङ्दीदेवी नाल्मा भिड्ने भएका छन् ।
आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा लाङ्दीदेवी नाल्माले चर्च ब्वाइज युनाइटेडलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएसँगै उपाधि भिडन्त टुङ्गो लागेको हो ।
सम्पन्न खेलमा निर्धारित समयको ३६औं मिनेटमा रोहन कार्कीले गोल गर्दै लाङ्दीदेवी नाल्मालाई अग्रता दिलाए । खेलको अतिरिक्त समयमा ९ं१औं मिनेटमा आशिष गुरुङले पेनाल्टीमार्फत दोस्रो गोल थपे । उत्कृष्ट प्रदर्शन गरेका आशिष ‘म्यान अफ द म्याच’ घोषित भए ।
यस जितसँगै लाङ्दीदेवी नाल्माले भोलि हुने फाइनलमा एपीएफ एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

