
पोखरा स्पोर्टस । नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसनको चौथो राष्ट्रिय च्याम्पियनशिप शनीबार काठमाडौमा सुरु भएको छ ।
उक्त प्रतियोगिताको गहृमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रतियोगिताको उद्घाटन गरेका हुन । सो अवसरमा युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय खेलुकद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रिय सदस्य नबीन रोका मगर तथा नेकपा (एमाले) गण्डकी प्रदेश सह इन्चार्ज लीलबहादुर थापाको सहभागिता रहेको थियो ।
सो अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, नेपाल सितेरियो कराते संघका प्रवक्त इश्वर खपांगी, नेपाल रग्वी संघका महासचिव चेतन राज गीरी, राष्ट्रिय खेलकुद परिषद्को कानुन शाखा प्रमुख नारायण अर्याल र राष्ट्रिय टिम तयारी समितीका संयोजक महेन्द्र राई लगायतको उपस्थिती थियो ।
प्रमुख अतिथीको आसनबाट बोल्दै गृहमन्त्री बादलले हाप्किडो एसोसीएसनको सक्रियताको सर्हाना गर्दै प्रतियोगिताको सफलताको कामना गरे । यसैगरी, खेलकूद मन्त्री तामाङले हाप्किडोको विकासमा आफू लागी पर्ने प्रतिबद्धता ब्यक्त गरे । सदस्य सचिव सिलवालले हाप्किडोको विकासमा आफ्नो सहयोग रहने वताए । एमाले गण्डकीका सह इन्चार्ज थापाले नेपाली खेलकुदमा हाप्किडो प्रभावशाली खेलको रुपमा स्थापीत हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रमका सभापती नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसन तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगरले हाप्किडो खेलले नेपालको स्वास्थ्य, शैक्षिक, राजनीतीक, सामाजीक र आर्थिक विकासमा सहयोग गरेको वताए । साथै, उनले गरीबीका कारण शिक्षा र खेलकुदबाट टाढा रहेकालाई पनि हाप्किडोले सहयोग गरिरहेको वताए ।
लैनचौरमा सञ्चालित तिन दिने प्रतियोगितामा ७ प्रदेशका ७ सय खेलाडीको सहभागिता रहेको छ ।
