प्रगती माविको ‘प्रगती खेल उत्सव २०८२’ सुरू

पोखरा स्पोर्ट्स । पोखरा १६ स्थित प्रगती माध्यमिक विद्यालयको ‘प्रगती खेल उत्सव २०८२’ सुरू भएको छ । वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत विभिन्न  खेलकुद प्रतियोगिताहरु समावेश गरिएका छन् ।  ‘प्रगती खेल उत्सव २०८२’ सुरू भएसँगै पहिलो दिन छात्र/छात्रा ह्याण्डबल, फुटसल, बास्केटबललगायतका खेलकुद कार्यक्रमहरु सम्पन्न भएको विद्यालयका खेल शिक्षक दिनेश श्रेष्ठले जानकारी दिएका छन् ।

अतिरिक्त कृयाकलाप अन्तर्गत फुटबल, एथलेटिक्सलगायतका खेलहरु भने जारी रहेका छन् । पोखरा रंगशालामा जारी प्रतियोगिताको उद्घाटन शनिबार हुने गरी तय भएको विद्यालयका संस्थापक प्राचार्य दिनेश श्रेष्ठले जानकारी दिए ।

पहिलो दिन सम्पन्न छात्र/छात्रा ह्याण्डबल, फुटसल, बास्केटबलका विजेता खेलाडीहरुलाई नेपाल ह्याण्डबल संघका महासचिव केशव पाठक, जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्र बहादुर थापाले मेडल वितरण गरेका थिए ।

बाल कक्षा देखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुने विद्यालयमा करिव १ हजार ३ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close