
पोखरा, यूवा तथा खेलकूद मन्त्रि जगत विश्वकर्माले पोखरा वडा नं १ स्थित पुरानो टुँडीखेल मैदानको बहुआयमिक प्रयोग कसरी गर्न सकिन्छ त्यस बारे योजनावद्ध रुपमा अगाडी बढ्न आग्रह गरेका छन ।
पुरानो टुँडीखेल मैदानको संरक्षणका लागि चावी हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्रि बिश्वकर्माले उक्त कुरा बताएका हुन । उक्त मैदान गण्डकी प्रदेशकै ऐतिहासिक पृष्ठभूमी र महत्व बोकेको मैदान भएकोले यसको उपयोग संगै संरक्षण र सम्वद्र्धन खाँचो रहेको उनले बताए ।

टुँडीखेल खेल मैदान नेपालको लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनको केन्द्र समेत रहेकोले यसको सांस्कृतिक, सामाजिक राजनितिक महत्वसमेत रहेको मन्त्रि विश्वकर्माले बताए । उनले एक प्रशंगमा मैदानको भाग खुम्चिदै गएकोले सिमाना स्पष्ट समेत नभएकाले मैदानको सिमा भित्ररहेका विभिन्न संघ संस्थाहरुलाई व्यवस्थापन गरि टुँडीखेल मैदान पुरानो स्वरुपमा फर्काउन आफूले पहल थाल्ने बताए ।
टुँडीखेल मैदानलाई पुरानो सिमाकंनमा फर्काउन सके मन्त्रालयले यसको संरक्षणका लागि थप बजेट निकाशा दिन समेत सजिलो हुने मन्त्रि विश्वकर्माले बताए ।
यूवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद परिषद मार्फत प्रदान गरेको १५ लाखको काम टुँडीखेल तार जाली निर्माण उपभोक्त समिती द्वारा तार जाली लगाउने कार्य सम्पन्न भए पश्चात संचालनको जिम्मा राष्ट्रिय माविलाई एक कार्यक्रमका विच चावी हस्तान्तरण गरिएको छ ।
मैदानको संरक्षणका लागि कूल १६ लाख २५ हजार ४६९ रुपैया खर्च भएको मध्ये नपुग रकम पोखराको स्थानिय प्रतिष्ठित संस्था बगर भाई खलकले १ लाख ५१ हजार रुपैयाँ उपलव्ध गराएको थियो भने समितीका उपाध्यक्ष सिता गुरुङ र चन्द्र बहादुर गुरुङले ५ हजार नगद विद्यालयलाई प्रदान गरेका थिए ।
सो कार्यक्रममा पोखरा महानगर पालिका वडा नं १ का अध्यक्ष शारदा कुमारी पराजुली, उपभोक्ता समितीकी उपाध्यक्ष सिता गुरुङ, राष्ट्रिय माविका प्रअ बेद प्रसाद वस्ती, उपभोक्ता समितीका सचिब जन कल्याण पराजुली लगाएतले बोलेका थिए । कार्यक्रम उपभोक्ता समितीका अध्यक्ष एवम बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
