साग महिला फुटबलमा नेपालको विजयी सुरुआत

पोखरा, १३ औ दक्षिण एसियाली खेलकुद अन्र्तगतको महिला फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न भएको पहिलो खेलमा नेपालले विजय शुरुवात गरेको छ ।

पोखरा रंगशालामा सम्पन्न भएको खेलमा नेपालले प्रतिद्धन्द्धी श्रीलंकालाई १–० ले पराजित गरेको हो । नेपालले पुरा समय श्रीलंकालाई दबाबमा राखेको भए पनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भयो ।

नेपालको लागि शरु लिम्बुले ८८ औ मिनेट गोल गर्दे नेपाललाई अग्रता दिलाएकी थिईन । खेलको १५ औ मिनेटमा सवित्रा भण्डारी साम्भाले डिबक्स भित्र पाएको अवसरलाई सहि दिशा दिन सकिनन् ।

नेपालले प्रतिद्धन्दी श्रीलंकालाई खेलको शुरुवात देखि नै दबाबमा राखेको थियो । नेपालका गोल किपर अन्जिला थम्बापो सुब्बाले खेलको १८ औ मिनेटमा बल टच गरेकी थिईन ।

श्रीलंकाले खेल अवधिभर रक्षात्मक खेल खेलेका थिए । सो को अवसरमा नेपाली खेलाडीले पटक पटक डिबक्स भित्र पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेको थिएन् । टीमका क्यापटेन निरु थापाले खेलको ३८ औ मिनेटमा हानेको प्रहारलाई श्रीलंकाका गोलकिपर अयोमी विजेराथना ले सहजै
नेपाली टीमका जर्सी नं.९ लगाएर मैदानमा उत्रिएका सवित्रा भण्डारी खेल अवधिभर दर्शकको नजरमा रहिन् । उनी प्रतिद्धन्दी श्रीलंकाका खेलाडीहरुको नजरबन्दका बाबजुद पनि राम्रो प्रर्दशन गर्दे पोखरेली दर्शकको वाहावाही बनिन् ।

खेल अवधिभर नेपालले दबाब राखेको भए पनि नतिजा निकाल्न नसके पछि नेपाली महिला टीमका हेड कोच हरि खड्काले खेलको ३२ औ मिनेटमा दिपा राई मैदानलाई मैदान बाहिर निकालेर शरु लिम्बुलाई मैदान भित्र छिराएको थियो ।

खेल अवधिभर पुरा दबाब राखेको नेपालले दोस्रो हाफको १३ औ मिनेटमा साम्भाले प्रहार गरेको बल क्रस बार बाट बाहिरीएको थियो ।

हारेपनि सन्तुष्ट छौं : श्रीलंका
खेलपश्चात श्रीलंका महिला फुटबल टिम सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले नेपालले खेलमा हारेपनि सन्तुष्ट रहेको बताएकी छिन् । उनले नेपालसँगको खेलमा खेलाडीले राम्रो खेल प्रदर्शन गरेको प्रतिक्रिया दिइन् ।‘खेलअवधिभर हाम्रा खेलाडीले राम्रो खेले । तर, ८८ औं मिनेटमा दूर्भाग्यवश गोल हुन पुग्यो,’ सिन्हाले भनिन्, ‘आजको खेल हा¥यौं । तर, हामी सन्तुष्ट छौं ।’ उनले आउँदो खेलमा आजको भुल सुधार गर्ने बताइन् ।

पाएको धेरै अवसरलाई सदूपयोग गर्न सकनौं : नेपाल
नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले मंगलबारको भएको श्रीलंकायिवरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । जितका लागि अन्तिम समय कुर्नु परेकोमा भने उनले विपक्षीको डिफेन्सिभ राम्रो भएको बताए ।

‘हामीले अट्याकिङ खेलेका थियौं । तर, श्रीलंकाले डिफेन्सिभ खेलकाले जितका लागि अन्तिम समय कुर्नु परेको हो,’ प्रशिक्षक खड्काले भने, ‘तर, आजको समग्र खेललाई हेर्ने हो भने पनि हाम्रै उत्कृष्ट थियो ।’ उनले गोल गरेकी सरु लिम्बुले अट्याकिङ भूमिका राम्रो निभाएकाले खेल सम्भव भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close