टोटनह्याममाथि आर्सनलको फराकिलो जित

पोखरा स्पोर्ट्स ।  आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्याममाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले टोटनह्यामलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा एबरेची एजले ह्याट्रिक गरेका थिए भने लीन्द्रो ट्रोसार्डले एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि रिचार्लिशनले एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको १२ खेलमा २९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै टोटनह्यामको १२ खेलमा १८ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close