भिनिसियस र एम्बाप्पेको गोलमा रियल म्याड्रिड विजयी

पोखरा स्पोर्ट्स ।  स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रायो भल्लेकानोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रायो भल्लेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र किलीयन एम्बाप्पेले एक एक गोल गरेका थिए । त्यसैगरी रायो भल्लेकानोका लागि जर्ज फ्रुटोसले एक गोल गरेका थिए । यस खेलमा रायो भल्लेकानोका पाथ किस र पेप चाभारियाले रातो कार्ड पाएका थिए ।

यो जितपछि रियल म्याड्रिडको लिगमा २२ खेलमा ५४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । रियल म्याड्रिड शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा एक अंकले पछाडी रहेको छ । 

त्यस्तै रायो भल्लेकानोको भने २२ खेलमा २२ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close