कोल्मा बाहकोट दोश्रो क्रस कन्ट्री दौडको आय व्यय सार्वजनिक

पोखरा, यहि माघ २५ गते सम्पन्न दोश्रो सात सय कोल्मा बाहकोट क्रस कन्ट्री दौड प्रतियोगिता जति सफल छ त्यती नै आयोजकका लागि उत्तिकै चुनौती समेत बनेको छ ।

शुक्रबार पोखरामा उक्त प्रतियोगिताको आय–व्यय प्रस्तुत गर्दै आयोजक संस्था कोल्मा बहाकोट सम्पर्क मञ्चका अध्यक्ष जित बहादुर गुरुङले प्रतियोगितामा ३० हजार घाटा भएको सुनाए ।

प्रतियोगिताका लागि ५ लाख ७० रकम विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गरेको भएपनि खर्च ६ लाख भएको अध्यक्षले बताएका हुन । मञ्चले कार्यक्रम आयोजना गर्दा घाटा भए पनि सबै सदस्यहरु बाट पुर्ति गरिने सहमती बनेको सुनाए ।

“कार्यक्रम संधै नाफा कमाउनका लागि गरिदैन र गर्न पनि हुन्न” उक्त दौडका परिकल्पनाकार कोल्मा निवासी हाल वेलायत राज्य समितीका उपाध्यक्ष समेत रहेका एल वि जेड् गुरुङले भने–“यो दौडको एउटा आफ्नै मिसन छ जुन पुरा गर्न समय लाग्ला तर यसले बाटो तय गरेको छ ।” गाउँ खाली हुँदै जानु तर युवा हरु विदेश पलायन हुनुले पनि उनीहरुलाई जन्म थलो तर्फ आर्कषित गर्न वर्षमा एक पटक जुटाउने र जुराउने काम यो प्रतियोगिताले गर्ने उनले बताए ।

सात सय कोल्मा बहाकोट आफै पुतली बजार नगर पालिकाको वडा नं ९ मा पर्छ । यहाँको सुन्दरताले सबैको मन एक पटक लोभ्याउँछ नै । पोखरा बाट १ घन्टामा पुग्न सकिने कोल्मा र यस वरपरका ठाउँहरु सुन्दरताका खानीनै रहेको जगत प्रसाद गुरुङ बताउँछन । ६५ वर्षका उनी क्रस कन्ट्रीमा सहभागिता जनाएका पनि थिए ।

कोल्मा वरपरका चिरुवा, मडकिना लगएतका ठाउँहरुमा होम स्टेको संख्या पनि उत्तिकै व्यवस्थित रहेको जित गुरुङ बताउँछन । कोल्माको छिमेकी विरुवा गाउँपालिकाको मडकिनामा २ सय वर्ष पुरानो शिव मन्दिर र संग्रहालय पनि रहेको उनले बताए ।

दोश्रो कोल्मा बाहाकोट क्रस कन्ट्री दौडको उपाधी पर्वतका अनिष थापा मगरले जितेका थिए । यसै गरि सोलुखोम्बुका सुमन कुलुङ राई दोश्रो र गोर्खाका भिम बहादुर गुरुङ तेश्रो स्थान हासिल गरेका थिए ।

यसै गरि १४ किलोमिटर दौडमा एपिएफका निरज भट्ट प्रथम भएका थिए । यसै गरि सोही दौड अन्तरगत पर्वतका प्रेम पौडेल दोश्रो र तनहुँका शाहस पन्थले तेश्रो भएका थिए ।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल, नेपाली सिने जगतका महानायक राजेश हमाल, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, एनआरएन बेलायत राज्य समितीका उपाध्यक्ष एवम कोल्मा निवासी एलविजेड् गुरुङ लगाएतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close