एन्फा महिला लिग छनोटमा आज दुई खेल हुदै

पोखरा स्पोर्ट्स । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि एन्फा महिला लिग छनोट प्रतियोगिता शुरु हुदैछ ।

एन्फा फुटबल मैदान सातदोबाटोमा हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरएस रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् ।

समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गर्ल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् ।

आज पहिलो दिन एफसी रियल र छहारी युवा क्लब तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबका बिचमा खेल हुने एन्फाले जानकारी दिएको छ ।

सहभागी मध्यबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् । साथै, दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने एन्फाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close