
पोखरा स्पोर्टस । गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडिज (गेन्स) कलेजको आयोजनामा सम्पन्न फुटसल प्रतियोगितामा एचपिसी फेमिली च्याम्पियन भएको छ । कलेजले आयोजना गरेको विविध कार्यक्रमअन्तर्गत मुख्य प्रतियोगिता फुटसल प्रस्पिर्धामा दाजुभाइ एफसीलाई १–० गोल अन्तरले पारजित गर्दै एचपिसी च्याम्पिन बनेको हो ।
जितका लागि एक मात्र गोल सशांक रानाले गरेका थिए । च्याम्पियन भएको एचएपिसीले नगद ३० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्दा दाजुभाइ एफसीले नगद १५ हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा दाजुभाइ एफसीका मिलन नेपाली उत्कृष्ट खेलाडी बने भने सोही टिमका सुमन जिशीले ६ गोल गर्दै सर्वाधिक गोलकर्ता बने । त्यस्तै एचपिसी आकाश सारु उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपर सोही टिमका सन्जिव गुरूङ बने । उनीहरुलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो प्रतियोगितामा १२ कक्षा दिएर बसेका विभिन्न विद्यालयका २० टिमको सहभागिता रहेको कलेजले जनाएको छ ।
यसै गरी सोही कार्यक्रममा सोसल मिडिया प्रतियोगिता, कविता लेखन प्रतियोगिता, आर्ट प्रतियोगिता र पव्जी प्रतियोगिताका बिजेताहरुलाई समेत नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा बिजेता टिम तथा प्रतियोगीहरुलाई हिसानका केन्द्रिय उपाध्यक्ष बाबुराम पन्त, सह प्राध्यापक कमलराज सापकोटा, प्रा.डा विकास केसी, हिसान गण्डकीका सल्लाहकार डोलराज पाण्डे, त्रिभुवन शर्मा, हिसान गण्डकीका अध्यक्ष डा.रामजी शर्मा, हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी, हिसान कास्कीका विकास पाहारीलगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्यक्रममा आफ्ना भनाई राख्दै हिसान उपाध्यक्ष पन्तले स्थापनाको छोटो अवधिमा नै कलेजले यस प्रकारका महत्वपूर्ण कार्यक्रम आयोजना गरी विद्यार्थीहरु भित्र रहेको प्रतिभा प्रस्फुटन गराउनु सर्हानिय कार्य रहेको बताए ।
समापन कार्यक्रम गेन्स कलेजका प्रवन्ध निर्देशक विजय आनन्द तिमिल्सिनाको अध्यक्षतामा भएको थियो ।
सुदुर पश्चिम विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गेन्स कलेज पोखरा नदिपुरमा अवस्थित रहेको छ । एक वर्ष अघि मात्रै स्थापना भएको सो कलेजमा बिबिए, एमबिए, बिएसएसआइटी विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।
