
पोखरा स्पोर्ट्स । नेपाल भारोत्तोलन संघको चुनावी साधारण सभाले कानन चौधरीको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति बिहीबार निर्विरोध चयन गरेको छ ।
यसअघि तदर्थ समितिमा कानन संयोजक थिए । उनी यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीका निकट सहयोगी समेत् हुन् । मन्त्री चौधरीले नै उनलाई तदर्थ समितिको संयोजक तोकेका थिए ।
त्यसै गरी संघको उपाध्यक्षमा विजेन्द्रविक्रम शाह, रुद्रबहादुर न्यौपाने, तिलकबहादुर राउत क्षेत्री, गणेशबहादुर चन्द र अनिलकुमार मिश्र, महासचिवमा विपेन्द्र महर्जन, सचिवमा रामेश्वर श्रेष्ठ, सह–सचिव प्रदीपकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा अशोक शाही निर्वाचित भए ।
कार्यसमिति सदस्यमा ईश्वरबहादुर श्रेष्ठ, शिवनारायण चौधरी, कुन्तिलाल यादव, ठक्करबहादुर बम, अजय शाही, श्यामराज भक्त उदास, अन्जुकुमारी रानाभाट, तुलाराम थारु, कमलबहादुर भण्डारी र शत्रुघ्न यादव सदस्यमा चयन भए ।
सम्पन्न साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए । यसै गरी आज नै सम्पन्न कार्यसमितिको बैठकले राजन बडगामी र रुपेश तन्डुकारलाई उपाध्यक्षमा मनोनयन गरेको छ ।
