निर्णायक शिविरमा सहभागी हुन तेक्वान्दोका अशोक रुस जाँदै

पोखरा, ६ जेठ । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का टोकियो पारा ओलम्पिक गेम्सका लागि हुने अन्तर्राष्ट्रिय निर्णायक छनोट तथा तालिम शिविरमा सहभागी हुन मे २५ तारिख रुस जाने भएका छन ।

कार्यक्रम मे २७ देखि २९ तारिखसम्म रुसको मस्कोमा हुँदैछ । शिविरका लागि नेपालबाट छनोटमा पर्ने अशोक एक्लो हुन् । शिविरमा विभिन्न राष्ट्रका ३ सय ५२ जनाको सहभागिता रहने छ । त्यस मध्ये उत्कृष्ट ५२ जनालाई पारा ओलम्पिकमा निर्णायकको भूमिका निर्वाह गर्ने अवसर मिल्ने छ ।

अशोकलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close