पोखरा निन्जाजको ब्रान्ड एम्बेसडरमा ‘सनिशा भट्टराई’

पोखरा स्पोर्ट्स |  दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि पोखरा निन्जाजले चर्चित मोडल तथा अभिनेत्री सनिशा भट्टराईलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

नेपाली चलचित्र र फेसन क्षेत्रमा परिचित अनुहार बनिसकेकी भट्टराईले निजाज क्लबसँग आबद्ध हुन पाउँदा आफूलाई अत्यन्त खुसी र गर्व लागेको प्रतिक्रिया दिएकी छन् ।

उनले भनिन्, “खेलकुदसँग जोडिन पाउनु मेरो लागि गर्वको विषय हो । महिला सशक्तिकरणजस्तो महत्वपूर्ण उद्देश्यमा हातेमालो गर्न पाउँदा अझै प्रेरणा मिलेको छ ।”

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग आगामी भाद्र २० गतेदेखि भाद्र २८ गतेसम्म सञ्चालन हुनेछ ।  दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग पोखरामा हुने तय भएको छ । 

प्रतियोगितामा ६ विभिन्न फ्रेन्चाइज टिमहरुको सहभागिता रहने पक्का भइसकेको छ भने अक्सन समेत सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close