छैटौं पोखरा स्पोर्ट्स अवार्ड असारमा हुने, तयारी सुरु

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा छैटौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७८’ आगामी असार पहिलो हप्ता हुने भएको छ ।

खेलकुद पत्रकार मञ्च गण्डकीले नयाँ नेतृत्व पाए संगै बसेको दोस्रो बैठकबाट पोखरा स्पोर्ट्स अवार्ड २०७८ आगामी असार पहिलो हप्ता गर्ने निर्णय गरि तयारी सूरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएका हुन् ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन सबैको साथ सहयोग आवश्यक रहेको अध्यक्ष दीनानाथ बरालको भनाई छ । ‘हामीले छैटौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डलाई उत्कृष्ट बनाउन तयारि सुरु गरेका छौ, सबैको साथले कार्यक्रम भव्य बन्ने विश्वास छ’ बरालले भने ।

मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने छ ।

मञ्चको दोस्रो बैठकबाट आगामी जेठमा हुने तय भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर राष्ट्रियस्तरको बृहत छलफल कार्यक्रम गर्ने निर्णय समेत भएको छ । छलफल कार्यक्रम जेठ पहिलो हप्ता हुनेछ । यसैगरी दोस्रो बैठकबाटै मञ्चले पूर्व अध्यक्ष विनोद लामिछानेलाई मञ्चको सल्लाहकारमा चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close