यस्तो छ प्रदेश खेलकुदको बजेट–पोखरा म्याराथनलाई १० लाख, मुवाँथाई (WMO)लाई ९ लाख, जुनियर खेलकुदलाई ७५ लाख

पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि बिनियोजित बजेटमा पोखरा म्याराथनको निरन्तरता सहित केही नयाँ व्यवसायिक, सहासिक तथा खेलहरुको प्रवद्र्धनका लागि रकम छुट्टाएको छ ।

प्रदेश सरकारले प्रदेश खेलकुद परिषद गण्डकीमार्फत खर्च हुने गरी पोखरा म्याराथन सहित मुवाँथाई र जुनियर खेलकुद प्रतियोगितालाई समेत बजेट बिनियोजन गरेको हो । प्रदेश सरकारले पोखरा म्याराथनलाई १० लाख संगै नेपालमा व्यवसायिक खेलकुदको रुपमा अघि बढेको मुवाँथाईलाई ८ लाख ७० हजार र प्रदेशस्तरिय जुनियर रनिङ शिल्ड प्रतियोगिताका लागि ७५ लाख विनियोजन गरेको छ ।

यस्ता छन् नयाँ कार्यक्रम
१. जुनियर रनिङ शिल्ड प्रतियोगिता–७५
२.राष्ट्रपति कप रनिङ शिल्ड–२५ लाख
३.खेलाडी कल्याणकारी कोष स्थापना–५ लाख
४.गण्डकी प्रदेश खेलकुद पदक र वर्ष खेलाडी पुरस्कार -१० लाख
५.बन्यजन्तु संरक्षण फुटबल गोल्डकप प्रतियोगिताका लागि -१० लाख
६.अन्तर्राष्ट्रिय स्तरका कभर्ड हल निर्माण /क्रिकेट खेल मैदान सम्भव्यता अध्ययन -५ लाख
७ र्‍याफटिङ राष्ट्रिय च्याम्पियनसिप -१० लाख
८. स्कुल टु ओलम्पिक कार्यक्रम– १० लाख
९.राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी- २ करोड
१०. सहासिक खेलहरुको प्रदर्शन–२५ लाख

त्यसै गरी जिल्ला खेलकुद विकास समितिहरुलाई कार्यालय सञ्चालन खर्चतर्फ ५५ लाख, राष्ट्रपति कप रनिङ शिल्डलाई २५ लाख, राष्ट्रिय प्रतियोगितामा विभिन्न पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गर्न ५ लाख, खेल सामाग्री खरिदमा ८ लाख, खेल पोशाक खरिदमा ५ लाख, मेडल तथा ट्रफी खरिदमा ५ लाख, खेलाडी जिवन विमाका लागि १० लाख, परम्परागत खेलहरुको प्रतियोगिताका लागि १० लाख, खेलाडी कल्याणकारी कोष स्थापनाका लागि ५ लाख, यस्तै गरी विभिन्न स्थानिय प्रादेशिक राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने खेल संघ संस्थालाई सहयोगका लागि एक मुष्ठ रु २० लाख (लिगलिगे साइकल दौड, बगर भाइ खलक भेट्रान फुटबल, टाइगर कप भलिबल, आहा रारा गोल्ड कप, थारु झम्टा लगायत खेल संघ संस्था) रहेको छ ।

यस्तै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि २ करोड, खेल्छ गण्डकी कार्यक्रमलाई २० लाख, विद्यालय खेल शिक्षक तालिम तथा प्रशिक्षण १५ लाख, जिल्लाहरुमा सडक दौड प्रतियोगिता ११ लाख, गण्डकी प्रदेश खेलकुद पदक र वर्ष खेलाडी पुरस्कार १० लाख, बन्यजन्तु संरक्षण फुटबल गोल्डकप प्रतियोगिताका लागि १० लाख, अन्तर्राष्ट्रियस्तरका कभर्ड हल निर्माण तथा क्रिकेट खेल मैदानको सम्भव्यता अध्ययनका लागि ५ लाख, गण्डकी प्रदेश स्थापना दिवस भलिबल प्रतियोगिता आयोजनालाई २५ लाख रहेको छ ।

विभिन्न खेलकुद एवं खेल मैदानको अनुगमन मुल्याङ्कनका लागि ५ लाख, र्‍याफटिङ राष्ट्रिय च्याम्पियनसिपलाई १० लाख, स्कुल टु ओलम्पिक कार्यक्रमलाई १० लाख, ट्यालेन्ट हन्ट १० लाख, सहासिक खेलहरुको प्रदर्शन सहितको खेल पर्यापर्यटनको विकासका लागि प्रतियोगिता सञ्चालन २५ लाख, राष्ट्रिय तथा प्रदेश खेलकुद प्रतियोगिताहरुमा प्रदेश सहभागिता र आयोजना ३० लाख, अपङ्गता खेलकूद पारा खेलकुद १५ लाख, विभिन्न खेलकुद संग सम्वन्धित प्रशिक्षण एवं तालिमका लागि १५ लाख रहेको विनियोजित बजेटमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close