एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन

पोखरा स्पोर्ट्स । नेपालको एक मात्र महिलाभलिबलको फ्रेन्चाईज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) लुम्बिनी लाभाज नयाँ टोलीको रुपमा भित्रिएको छ ।

आगामी भदौमा हुने एभरेष्ट महिला भलिबल लिगको लागि लुम्बिनी लाभाज नयाँ जोश बोकेर आएको हो ।

पहिलो संस्करणमा खेलेको चितवन शक्तिलाई प्रतिस्थापन गर्दै लुम्बिनी लाभाजको प्रवेश भएको इन्फिनिटी ड्रिम्सले जनाएको छ ।

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा लुम्बिनी लाभाजसँगै ६ फ्रेन्चाईज टोलीको सहभागिता हुनेछ । लुम्बिनी लाभाजको स्वामित्व सुश्री मिडियासँग रहनेछ ।

लुम्बिनी लाभाजको आगमनसँगै लुम्बिनीको महिला भलिबलमा विशेष योगदान लिने लक्ष्य रहनेछ । पछिल्लो समय लुम्बिनीमा महिला भलिबल खेलाडीहरु आउने क्रम बढेको छ ।

लुम्बिनी लाभाज छिटै आफ्नो मार्की खेलाडी, मुख्य प्रशिक्षक घोषणा गर्ने भएको जनाइएको छ ।

एभरेष्ट महिला भलिबल लिगको अक्सन पनि साउन २ गते हुने र यो ऐतिहासिक अक्सनको हिस्सा हुन लुम्बिनी लाभा तयार रहेको लुम्विनी लाभाजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close