गण्डकी कप महिला राष्ट्रिय बास्केटबल प्रतियोगिता असार १९ गते देखि

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय बास्केटबल प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्ट सो प्रतियोगिता यहि असार १९ देखि २१ गते सम्म सञ्चालन हुने भएको हो ।

सो बारे जानकारी दिंदै प्रदेश बास्केटबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङले प्रतियोगितामा सात प्रदेशका महिला टिमहरुको सहभागिता हुने जानकारी दिए । प्रतियोगितामा कोशी, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको सहभागिता हुनेछ ।

केही महिना अघि मात्रै पोखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता आयोजना गरेको गण्डकी प्रदेश बास्केटबल संघले दशौं राष्ट्रिय प्रतियोगिता अनिश्चित बने संगै सो प्रतियोगिताको आयोजना गरेको जनाएको हो । अध्यक्ष गुरूङले पोखरा स्पोर्टस संग कुरा गर्दै भने–“खेलाडीहरुमा निराशा नआओस भन्नका लागि हामीले यो प्रतियोगिता आयोजना गर्दैछौं । दशौं राष्ट्रिय नहुँदा खेलाडीमा निराशा छ । यो प्रतियोगिताले त्यो निराशा चिर्न सहयोग पुग्ने हामीले विश्वास लिएका छौं ।”

फिबाको नियम अनुसार लिगकम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा बिजेता टिमले नगद रु ७५ हजार, उपविजेताले नगद रु ५० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्ट दुई टिमलाई १०–१० हजार सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न सल्लाहकार संयोजक जुम प्रसाद गुरुङको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा संघका सल्लाहकार नारायण प्रसाद शर्मा तथा सदस्यमा सुनील गुरुङ रहेका छन् ।

त्यसै गरी उप–समितिको मुख्य संयोजकमा संघका महासचिव विष्णु कुमार गुरूङ, आर्थिक संयोजकमा डिल्लि जंग गुरुङ, अतिथि सत्कार संयोजकमा किरण सापकोटा, पुरस्कार तथा प्रमाण पत्र संयोजकमा कृपाश्वर गुरुङ, प्राविधिक (रेफ्री) संयोजकमा विष्ण राना, टिम व्यवस्थापन संयोजकमा अमित तुलाचन रहेका छन् ।

त्यसै गरी स्वागत एवं मञ्च व्यवस्थापनमा कौशल्या गुरूङ, मिडिया (प्रचार प्रसार) संयोजकमा मिन बहादुर पुन, सांस्कृतिक कार्यक्रम संयोजकमा इमा गुरुङ, खेल मैदान व्यवस्थापनमा कृष्ण कुमार श्रेष्ठ, प्राथमिक उपचारमा जगत राना, व्यानर व्यवस्थापनमा प्रकाश गुरुङ, सुरक्षा व्यवस्थापनमा सौरभ के.सी, फोटोग्राफी/भिडियोमा प्रेम पुन, विदेश विभाग संयोजकमा प्रविन रसाइली, भोजन तथा पानी व्यवस्थापनमा आशा गुरूङ, सचिवलायमा दिवश कुंवर रहेका छन् ।

पैतियागिताले यूवा खेलाडी उत्पादन संगै बास्केटबल खेलको विकासका लागि समेत उत्तिकै महत्वपूर्ण हुने विश्वास आयोजकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close