पोखरा रंगशालामा लोकतान्त्रिक खेलकुद संघ गण्डकीको वृक्षारोपण (फोटो फिचर/भिडियो सहित)

पोखरा स्पोर्टस । नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशालामा बृक्षरोपण गरिएको छ ।

 

गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको  हो । पोखरा रंगशालामा फलफुल तथा विभिन्न सामाजिक कार्यमा आवश्यक पर्ने ५० वटा बिभिन्न जातका विरुवा रोपिएको लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेशका अध्यक्ष हरिश्वर पोखरेलले जानकारी दिए । सो अवसरमा बोल्दै मन्त्री थापाले वृक्षारोपण कार्यक्रमले खेलकुदको मात्रै नभई समग्र वातावरणलाई स्वच्छ बनाउन महत्वपूर्ण हुने बताए ।

कानून र सञ्चार क्षेत्र आफनो मन्त्रालयको क्षेत्रधिकार भएकाले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुलाई सहज हुने कानून निर्माणलाई प्राथमिकता दिने बताउँदै खेलकुद र सञ्चारमैत्री कानून निर्माणमा आफ्नो भुमिका रहने बताए । उनले भने–“खेलाडीलाई खेल्ने वातावरण सृजनाका लागि प्रदेश सरकारले भुमिका निर्वाह गर्नेछ ।” पोखरा रंगशालामा भौतिक पूर्वाधार निर्माण भैरहेको बताउदै यसले खेलकुद क्षेत्रलाई व्यवसायीक र व्यवस्थित गराउन मात्रै नभै खेलकुद पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान रहने बताए । उनले पोखरामा रंगशालामा मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता लगायत अन्य खेलकुद कार्यक्रमहरु आयोजना गर्न छलफल भैरहेको बताए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देबेन्द्रकुमार शेरचनले खेलकुदमा भइरहेका विकृती र विसगंतीका विरुद्ध आफूहरुले जोडदार रुपमा आवाज उठाउने बताउँदै भने–“संघको स्थापना दिवसको अवसरमा रचनात्मक काम गरौ भन्ने योजना अनुसार रंगशालामा बृक्षारोपण गरेका हौं ।” रंगशालालाई हरियाली बनाउदै खेलाडीहरुलाई खेलेर छहारीमा थकाई मार्न पनि वृक्षारोपणको भूमिका अहम रहेको उनले बताए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेशका अध्यक्ष हरिश्वर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता सोभियतबहादुर अधिकारी, पोखरा महानगर पालिका वडा नं ९ का अध्यक्ष रामराज लामिछाने, काँग्रेस क्षेत्र नम्वर १ का सभापति बृजमान गुरुङ, संघका उपाध्यक्ष विद्या मर्सानी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close