
पोखरा स्पोर्टस ।
राजेन्द्र र ईन्द्रले जिते भेटन टेबल टेनिस
राजेन्द्र बज्राचार्य र ईन्द्र शेखर खड्काले ओलम्पिक डे को अवसरमा आयोजित भेटन्स टेबल टेनिसको उपाधी जितेका छन् ।

राजेन्द्रले ४५ बर्ष माथिको प्रतियोगितामा सुमन शाक्यलाई पराजित गर्दै उपाधी जितेका हुन् । सुशिल बज्राचार्य र अमिर बज्राचार्यले तेश्रो स्थान प्राप्त गरे । यस्तै ५५ बर्ष माथिको स्पर्धामा ईन्द्रले नेपाल टेलिभिजनका मनोहरी थापालाई पराजित गर्दै खेलाडीलाई उमेरले छेक्दैन भन्ने प्रमाणित गरे । तेश्रो स्थानमा प्रकास धाख्वा र सरदमान श्रेष्ठ रहे ।
बिजयी खेलाडीहरुलाई अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले मेडल तथा पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ४५ खेलाडीहरुले सहभागिता जनाएको संघका उपाध्यक्ष एवं काठमाण्डौ जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्यले बताए ।
दिनेशले जिते टेनिस
नेपाल लनटेनिस संघले ओलम्पिक डे मनाउने क्रममा पदाधिकारीका विच टेनिस प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा दिनेश तुलाधरले पहिलो स्थान हात पारे । दोश्रो स्थानमा राजु श्रेष्ठ रहे । यस्तै विकाश जंगबहादुर राणा र केशव राज पाण्डे तेश्रो भए । बिजयी सवै संघका उपाध्यक्षहरु हुन् । बिजयी खेलाडीहरुलाई ओलम्पिक डे का संयोजक एवं स्पोर्टस् फर अलका अध्यक्ष बिष्णु गोपाल श्रेष्ठले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।
ओलम्पिक डे २०२१ का अवसरमा विविध कार्यक्रम जारी
आधुनिक ओलम्पिकको जन्मदिनको अवसरमा नेपाल ओलम्पिक कमिटिको आयोजना तथा स्पोर्टस् फर अलको संयोजनमा विविध कार्यक्रम भईरहेको छ । ५ दिन सम्म नेपालका बिधिन्न भुभागमा, खेलाडी, खेल प्रशिक्षक, राष्ट्रिय संघ, स्कुल, तथा विभिन्न क्षेत्रले विभिन्न कार्यक्रमको आयोजना गरि ओलम्पिक डे मनाउँदै आएका छन् ।
ओलम्पियनविच मैत्रीपूर्ण टेबलटेनिस
ओलम्पियन संघको आयोजनमा ओलम्पियनविच मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो । जसमा सफल श्रेष्ठले पहिलो स्थान हात पार्न सफल भए । ओलम्पिक कमिटिको केन्द्रिय कार्यालयमा भएको प्रतियोगितामा भारोत्तोलनका कमल अधिकारी दोश्रो भए । यस्तै राजन श्रेष्ठ र टिकाराम श्रेष्ठ संयुक्त तेश्रो भए ।
विजेतालाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवन राम श्रेष्ठले मेडल र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा कमिटिका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य, महासचिव निलेन्द्र श्रेष्ठ, स्पोर्टस् फर अल कमिसनका अध्यक्ष एवं कार्यक्रमका संयोजक बिष्णुगोपाल श्रेष्ठ, ओलम्पिक कमिटीका सचिव रामजी बहादुर श्रेष्ठ, पूर्व सदस्य रमेश श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
भर्चुअल नृत्य प्रतियोगिता
ललितपुर हात्तिबनस्थित लिटल एञ्जल्स स्कुलले ओलम्कि डे मनाउने क्रममा भर्चुअल नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । जसमा रिशु गोलाले प्रथम स्थान हात पार्न सफल भएकी थिईन् । यस्तै फेविना गुरुङ्ग द्वितीय, एरोहिया तृतीय र रिविका मानन्धर चतुर्थ भएका थिए ।
चित्रकला प्रतियोगिता
यसैगरि संस्कार पाठशाला दाङ्ग तुलसीपुरले पनि ओलम्पिक डे मनाउने क्रममा बिद्यार्थीहरुका बिच चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो । भर्चुअल प्रतियोगितामा १६ बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रिस्कुलले पनि मनायो ओलम्पिक डे
प्रिस्कुलले विभिन्न स्कुलका बालबालिकाहरुलाई समावेश गर्दै भर्चुअल माध्ययमले विभिन्न कार्यक्रको आयोजना गर्दै ओलम्पिक डे मनाएको छ । जसमा ५५ स्कुलका १२०० बालबालिकाले ओलम्पिक डेमा समावेश हुँदै विविध कार्यक्रमा सरिक भए । जसमा नृत्य, चित्रकला, तथा अन्य कार्यक्रम रहेका थिए ।
जिमनास्टिक सेमिनार
नेपाल जिमनास्टिक संघले ओलम्पिक डे मनाउने क्रममा सेमिनारको आयोजना ग¥यो । नेपालम जिमनास्टिक खेलको विकास र विस्तार तथा आधुनिक जिमनास्टिकका बारेमा सेमिनारमा जानकारी प्रदान गरिएको थिया ।
अपाङ्गता भएका विच टेबल टेनिस
सुदूरपश्चिमाञ्चलमा ओलम्पिक डे मनाउने क्रममा अपाङ्गता भएका विच मैत्रीपूर्ण टेबल टेनिस खेल भएको थियो । अपाङ्गता भएका तथा पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी उपेन्द्र कडायत तथा सुप प्रदेश खेलकुद सदस्य जीवन कुमार भट्टविच खेल भएको थियो । कार्यक्रममा जिल्ला खेलकुदका अध्यक्ष ओम बस्नेत, ओलम्पियन डम्बर दत्त भट्ट, प्रशिक्षकहरुको उपस्थिती रहेको थियो ।
जुडो संघले विविध कार्यक्रमविच मनायो ओलम्पिक डे
नेपाल जुडो संघले केन्द्र तथा डोजोहरुमा विविध कार्यक्रमका विच ओलम्पिक डे मनाएको छ । जसमा खेलाडी प्रशिक्षक तथा पदाधिकारी सदस्यहरुले वाकाथन, जुडो खेल प्रदर्शन, आत्मसुरक्षा सम्वन्धि कार्यक्रम र ओलम्पिक डे को केक काटेर जुडोलाई ओलम्पिक संग जोडेको छ । कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यको उपस्थिती रहेको थियो ।
ओलम्पिक डे मनाउने क्रममा नेपाल भारोत्तोलन संघ, नेपाल स्क्वास र्याकेट संघले पनि खेलाडीहरुविच प्रदर्शन खेलको आयोजना गरेको थियो ।
