
पोखरा स्पोर्टस । कृषि विकास बैंक प्रदेश कार्यालय गण्डकीले शारिरीक सुगठन खेलको विकास तथा विस्तारमा कार्यरत क्लव बुल्सम्यान क्लबलाई ‘पिजन बक्स’ हस्तान्तरण गरेको छ ।

बुल्सम्यान क्लवद्वारा पोखरा रंगशालामा सञ्चालित जिम हलका लागि उक्त सामाग्री प्रदान गरेको हो । करिव ७० हजार पर्ने उक्त ‘पिजन बक्स’ जिमहलमा आउने खेलाडीहरुको सामाग्रीहरुको सुरक्षाका लागि प्रदान गरिएको बैंकका निर्देशक प्रकाश कडेंलले जानकारी दिएका छन् ।
पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका विच बैंक सञ्चालक समितिका निवर्तमान बोर्ड सदस्य तथा नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले क्लबका अध्यक्ष नुना गुरुङलाई हस्तान्तरण गर्दै बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यक महत्वपूर्ण सामाग्री दिएर खेलाडीहरुलाई सहज बनाउन सहयोग पुर्याएको बताए । उनले खेलकुदको विकास कृषि विकास र्बैकको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै आगामी दिनमा समेत यस प्रकारका कार्यक्रमहरुलाई अझै विस्तार गर्दै लैजानेमा आफू विश्वस्त रहेको बताए ।
कृषि विकास र्बैक प्रदेश कार्यालय गण्डकी प्रदेश कार्यालयका निर्देशक कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक कंडेलले खेलाडीहरुको सामाग्री सुरक्षित रुपमा राख्न सहयोग पुग्ने बताउँदै आगामी दिनमा समेत यस प्रकारका योजनाहरुलाई बैंकले प्राथमिकतामा राख्ने बताए ।
सो अवसरमा क्लवका अध्यक्ष नुना गुरुङले बैंकले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै क्लवले यस क्षेत्रको शारिरीक सुगठनको खेलको विकासमा मात्रै नभई यूवाहरुलाई खेलकूद संगै रोजगारका अवसरहरु सिर्जना गर्ने कार्यहरु गर्दै आएको बताए । उनले भने–“हामी केवल खेलकूदका कार्यक्रमहरु मात्रै आयोजना गर्दैनौं हामी उनीहरुलाई स्वरोजगार बनाउने लगायतका कार्यक्रमहरु अघि सारेका छौं । जसका कारण उनीहरु आत्मनिर्भर बन्नेतर्फ उन्मुख भएका छन् ।”
कार्यक्रममा कृषि विकास र्बैक प्रदेश कार्यालय गण्डकीका उप निर्देशक महेश पौडेल, दमौली शाखाका प्रवन्धक भोला शर्मा, बजार ब्यस्थापन अधिकृत सन्तोष थापा, क्लवका सचिव विमल खाँड ठकूरी लगायतले आफ्ना भनाई राखेका थिए ।
बुल्सम्यान क्लवले उक्त जिम हल हालै सञ्चालनमा ल्याएको हो ।
