विश्वकप छनौटको खेलमा इटालीमाथि नर्वेको शानदार जित

पोखरा स्पोर्टस ।  फिफा विश्वकप छनौट अन्तर्गतको खेलमा नर्वेले इटालीमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा नर्वेले इटालीलाई ३-0 गोल अन्तरले पराजित गरेको हो ।

नर्वेको जितमा एलेक्जान्डर सोर्लोथ, एन्टोनियो नुसा र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह आइ मा रहेको नर्वेको ३ खेलमा ९ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै इटालीले भने यस समुहको आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close