गण्डकी प्रदेश पुरुष यू१६ क्रिकेट : पर्वत द्वारा स्याङ्जा ९ विकेटले पराजित

पोखरा स्पोर्टस । गण्डकी प्रदेश पुरुष यू१६ क्रिकेट छनौट प्रतियोगिता २०८२ अन्तर्गत शनिबार भएको लिग चरणको खेलमा पर्वतले स्याङ्जा विरुद्ध ९ विकेटले शनसनीपूर्ण जित  हात पारेको छ । नवलपुर संग हार व्यहोरेको पर्वतले दोस्रो दिनको खेलमा उत्कृष्ट रुपमा कमव्याक गर्न सफल भयो ।

सम्पन्न खेलमा पर्वतले स्याङ्जा विरुद्ध लक्ष्यलाई सहज रूपमा पछ्याउँदै १३.१ ओभरमै १ विकेटको क्षतिमा १२१ रन बनाउँदै ९ विकेटको शानदार जित दर्ता गरेको हो ।

१२० रनको लक्ष्य पछ्याउने क्रममा विनय कार्की ले ४७ बलमा ४ चौका र २ छक्का सहित ४६ रन बनाए । त्यस्तै प्रतिक रावलले आक्रमक ब्याटिङ गर्दै केवल ३० बलमै ६ चौकाको मद्दतमा अविजित ४१ रन बनाए । सचिन गिरी २ बलमा ३ रन बनाएर अविजित रहे । खेलमा प्रतिक म्यान अफ दि म्याच बने । 

पर्वतले ३१ रन अतिरिक्त मार्फत प्राप्त गर्‍यो । जसमा २८ वाइड बल थियो । स्याङ्जाका बलरहरूले निकै असावधानीपूर्वक बलिङ गरेका कारण पर्वतको जित सहज बन्यो  ।  स्याङ्जाका लागि करण गैह्रेले आफ्नो एक ओभरको स्पेलमा १३ रन खर्चेर १ विकेट लिए ।

स्याङ्जाले पहिला ब्याटिङ गर्दै निर्धारित २४ ओभरमा ११९ रनमा अलआउट भयो । पर्वतका बलरहरूले अनुशासित प्रदर्शन गर्दै स्याङ्जालाई ठूलो स्कोर बनाउन दिएनन् ।

स्याङ्जाका लागि भुवन भट्टराईले सबैभन्दा धेरै ३१ रन (४८ बलमा ४ चौका) बनाउँदै केही समय मैदानमा टिकेका थिए । अन्य ब्याट्सम्यानहरू भने लगातार विकेट गुमाउँदै गए । अभिषेक भट्टराई ले ७ बलमा १० रन बनाउँदै पारीलाई तीव्र सुरुवात दिलाए पनि टिक्न सकेनन् ।

अन्य उल्लेख्य प्रदर्शनमा आयुष भट्टराईले १४ रन, भुवनराज डुम्रेले ९ रन जोडे । टीमले २६ रन अतिरिक्तमार्फत प्राप्त गर्‍यो । जसमा २२ वाइड, १ नो बल, १ बाई, २ लेग बाई थियो ।

पर्वतका बलरहरूको उत्कृष्ट प्रदर्शन गर्दै अनुप सिंहले ५ ओभरमा २ विकेट लिँदै २९ रन खर्चिए भने रोहन कुँवरले ५ ओभरमा २३ रन दिएर १ विकेट लिए । त्यस्तै गणेश श्रेष्ठले ३ ओभरको स्पेलमा २ विकेट, आर्पित गिरीले ५ ओभरमा १८ रन खर्चिएर १ विकेट, आकल्प श्रेष्ठले ५ ओभरमा २० रन दिएर २ विकेट लिए ।

यस जितसँगै पर्वतले प्रतियोगितामा महत्वपूर्ण २ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close