राष्ट्रिय महिला तथा पुरूष हक्की प्रतियोगिताको तयारी पुरा

पोखरा स्पोर्टस । राष्ट्रिय महिला तथा पुरूष राष्ट्रिय हक्की प्रतियोगिताको तयारी पुरा भएको छ ।

नेपाल हक्की संघको आयोजनामा यहि बैशाख १५ गते देखि महिला तथा बैशाख १७ गते देखि पुरूषतर्फको प्रतिस्पर्धा सुरू हुने आयोजक संघकी महासचिब सुवर्ण श्रेष्ठले जानकारी दिएकी छन् । बैशाख २६ गते सम्म आयोजना हुने उक्त प्रतियोगितामा विभागिय टोली एपिएफ क्लबले पहिलो पटक सहभागिता जनाउने छ ।

ललितपुर च्यासलस्थित फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय पुरूषतर्फ ८ टिमको सहभागिता हुनेछ । पुरुषतर्फ विभागिय एपिएफसहित नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशले सहभागिता जनाउने महासचिब श्रेष्ठले जानकारी दिएकी छन् ।

त्यसै गरी महिलातर्फ भने ४ टिमको सहभागिता हुनेछ । जसमा नेपाल आर्मी क्लब, गण्डकी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशले राउण्ड रोविनको आधारमा राष्ट्रिय हक्की प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । शिर्ष दुई टोली बीच फाइनल खेल हुनेछ । पुरुषतर्फ भने दुई समुहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा हुने छ ।

पुरुष हक्की प्रतियोगितामा प्रथम हुने दुबै टोलीलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित क्रमश जनही नगद रु. ७५ हजार र दोस्रोलाई नगद रु. ५० हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई नगद रु २५ हजार प्रदान गरिने छ ।

त्यस्तै प्रत्येक खेलको ’प्लेयर अफ द म्याच’ लाई २ हजार नगद संगै विद्यागत उत्कृष्ट खेलाडीलाई जनही नगद रु ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न करीब रु.३५ लाख राष्ट्रिय महिला हक्की प्रतियोगिता सञ्चालन गर्न करीब रु. २५ लाख गरी कुल ६० लाख खर्च हुने आयोजकले जनाएको छ ।

महासचिव श्रेष्ठले हक्कीका लागि उपयुक्त पूर्वाधार अभावका कारण प्रतियोगिता सञ्चालनमा कठिनाइ भइरहेको बताइन् । संघले वार्षिक क्यालेन्डर नै तयार गरी कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै उनले हक्कीको पूर्वाधार नभइरहेको अवस्थामा अहिले पूर्वाधार निर्माणका लागि धुलिखेलमा जग्गासमेत प्राप्त गरिसकेको बताइन् । उनले भनिन्–“पूर्वाधारको डिपीआरसमेत तयार भइसकेको र सोचेअनुरुप काम अगाडि बढेमा दुई वर्षभित्र पूर्वाधार निर्माण गरिसक्छौं । यसले खेलाडीलाई टर्फमै प्रशिक्षण गराउन र राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनमा सहज हुनेछ ।” 

महासचिव श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी सदस्य पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close