त्रिभुवन आर्मीको संकटा विरुद्ध ३–० को जित

पोखरा, विभागिय टोली त्रिभुबन आर्मी क्लबले संकटा विरुद्ध ३–० को जित निकाल्दै पोखरामा जारी आहा ! रारा गोल्ड कपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न अन्तिम क्वाटर खेलमा आर्मीले खेलको १५ औं मिनेटमा सुदिल राईको गोलले खेलमा अग्रता दिलाए । नवयुग श्रेष्ठको पासमा अनमार्क रहेका सुदिलको वन टच प्रहार सोझै गोलमा परिणत भयो । किपर राजा बाबु थापाले उक्त बल जोगाउन सकेनन ।

आर्मीका तर्फ बाट खेलको ७१ औं मिनेटमा नवयुगलेनै टिमका लागि दोश्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । बिबेक बस्नेतको कर्नर किकलाई संकटाका डिफेन्डरले क्लियर गर्न नर्गदा घम्सा घम्सीमा नवयुगले डिफेन्डरको खुट्टा बाट बल खोस्दै गोल लाइन नजिकै बाट दोस्रो गोल थपे ।

सुदिल राईको स्थानमा ६६ औै मिनेटमा मैदान छिरेका बिवेक राईले टिमका लागि तेश्रो गोल थपे ।

यता संकटाले खेलको पहिलो हाफको १४ औं मिनेटमा लक्ष्मण रुचालको फि किक प्रहार गोल मिस हुँदा गोल गर्न बाट चुकेको थियो भने ४१ औं मिनेटमा ड्याडी अम्बाले डि बक्स बाट बाहिर बाट हानेको प्रहार गोल पोष्ट बाट आकाशिंदै बाहिरिएको थियो ।

यो जित संगै आर्मीले सेमीफाइनलमा मनाङ मर्स्याङदी संग आफ्नो भेट पक्का गरेको छ ।

खेलमा २ गोल गर्ने नवयुग प्लेयर अफ दि म्याच घोषित हुँदै सहारा युकेले प्रदान गर्ने नगद ५ हजारका साथमा ट्रफी प्राप्त गरे । सहारा युकेका सदस्य ओम प्रकाश गुरुङ र नरेश गुरुङ नवयुगलाई ट्रफी र नगद प्रदान गरेका थिए ।

खेल पछि प्रतिक्रिया दिंदै संकटाका प्रशिक्षक सल्यान खडगीले उत्कृष्ट खेल खेल्दै टिम पराजित भएको बताए । खेलको १५ औं मिनेटमा संकटा विरुद्ध गोल हुनु दुर्भाग्य भएको उनले बताए ।

त्रिभवन आर्मी पोखरा रंगशालाको मैदान निकै उत्कृष्ट रहेको टिमले मैदान फिल गर्न नपाउँदा पहिलो हाफमा खेलाडीले केही असहज महशुस गरेको बताए । मनाङसंग टिमले उत्कृष्ट खेल खेल्ने बताउँदै अब बाँकी खेल जित्दै २०७६ सालको सुखद अन्त्य गर्ने बताए ।

आजनै एक कार्यक्रमका विच संगम क्लब पोखराका तर्फ बाट जारी आहा ! रारा फुटबलको सफलताको कामना गर्दै अध्यक्ष राजु गुरुङले नगद ३० हजार साथै व्यक्तिगत १० हजार गरि ४० हजार सहारा क्लबका अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरे ।

बुधबार पहिलो सेमीफाइनल खेलमा नेपाल पुलिसले थ्री स्टारको सामना गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close