सुपर सिक्समा ओमानसँग ५ विकेटले हार्यो युएई

पोखरा स्पोर्ट्स ।  ओमानले आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको सुपर सिक्समा युएईलाई पराजित गरेको छ ।

सोमबार सम्पन्न खेलमा ओमानले युएईलाई ५ विकेटले पराजित गरेको हो । युएईले दिएको ११३ रनको लक्ष्य पछाएको ओमानले १९.४ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ७ विकेट गुमाउदै ११२ रन मात्र बनाएको थियो ।

यो जितपछि ओमानको सुपर सिक्समा ३ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै युएईले भने सुपर सिक्समा लगातार दोस्रो हार बेहोरेको छ । यो हारपछि युएईको ३ खेलमा २ अंक रहेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close