गण्डकीका रिक्त ८ जिल्ला खेलकुद विकास समितिले पाए पदाधिकारी (जिल्ला र नाम सहित)

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका ८ जिल्ला खेलकुद विकास समितिहरूले पदाधिकारी पाएका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा आयोजिक एक कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको रोहबरमा परिषदका सदस्य सचिब श्रीधर शर्माले प्रदेश खेलकुद विकास ऐन २०७७ तथा प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार सपथ ग्रहण गराए संगै ८ जिल्लामा पदाधिकारी मनोनयन भएका छन् । गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरु गत फागुन ९ गते रिक्त भएका थिए । मनोनयनमा परेका सबैको कार्यकाल चार वर्षका लागि रहेको छ । 

गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले ६ जिल्लामा अध्यक्ष सहित कोषाध्यक्ष र सरकारमा सहकार्यको भूमिकामा रहेको नेकपा एमालेले ५ जिल्लामा अध्यक्ष र कोषाध्यक्ष पाउने गरी गरिएको सहमति बमोजिम पदाधिकारीहरु मनोनयन गरिएको हो । नेपाली काँग्रेसले ५ जिल्लामा उपाध्यक्ष र सचिव तथा नेकपा एमालेले ६ जिल्लामा उपाध्यक्ष र सचिबसहित पदाधिकारी मनोनयन गरिएको परिषदका अध्यक्ष एवं मन्त्री थापाले बताएका छन् ।

कुन जिल्लामा को को ?
गोर्खा– अध्यक्षमा प्रेम बहादुर तामाङ, उपाध्यक्षमा मकेश बानियाँ, सचिवमा अमृता गुरूङ र कोषाध्यक्षमा होम बहादुर थापा मगर
लमजुङ– अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्ष अमृता पौडेल, सचिवमा मिन प्रसाद घले र कोषाध्यक्षमा रवि थापा
तनहुँ– अध्यक्षमा अनिल पाण्डे (पुनः दोहोरिएको), उपाध्यक्षमा इनकन पोख्रेल खनाल, सचिबमा विश्व कुमार बुढा र कोषाध्यक्षमा कविराज श्रेष्ठ
कास्की– अध्यक्षमा मिलन गुरूङ, उपाध्यक्षमा तिलक अधिकारी क्षेत्री, सचिबमा अन्जु केसी र कोषाध्यक्षमा विग्नेश थापा
स्याङजा–अध्यक्षमा प्रकाश रेग्मी (२०८१ श्रावण १४ गते देखि लागु हुने गरी ४ वर्षका लागि मनोनयन भइसेकेको ), उपाध्यक्षमा विजय विक्रम खाँड, सचिबमा विद्यादेवी भट्टराई र कोषाध्यक्षमा धिरज खाँड ।
पर्वत–अध्यक्षमा जङ्ग बहादुर पुन मगर, उपाध्यक्षमा राजन गुरूङ, सचिवमा सपना पुर्जा पुन मगर र कोषाध्यक्षमा जगत प्रसाद लामिछाने ।
बागलुङ–अध्यक्षमा (निर्णय हुन बाँकी), उपाध्यक्षमा कल्पना श्रेष्ठ र सचिवमा किशोर थापा, कोषाध्यक्ष (मनोनयन हुन बाँकी) ।
म्याग्दी–अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्षमा विष्णु कुमार रोक्का, सचिबमा कुमार किशान र कोषाध्यक्षमा नरेश पुन ।
नवलपुर–कोषाध्यक्षमा कोषराज कार्की २०८१ श्रावण १० गते देखि लागु हुने गरी ४ वर्षका लागि मनोनयन भइसेकेको । अध्यक्ष, उपाध्यक्ष र सचिवको मनोनयन हुन बाँकी ।

सो अवसरमा बोल्दै मन्त्री थापाले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आसन्न दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी अवस्थामा रहन आग्रह गर्दै पालिका हुँदै जिल्ला छनोटको कार्य जिल्ला खेलकुदको नेतृत्वमा रहेकोले उत्कृष्ट खेलाडी छनौट गर्न आग्रह गरे । उनले दशौं राष्ट्रिय खेलकुदका लागि ३ करोड ३० लाख रकम विनियोजन गरिएको बताउँदै प्रदेश सरकार खेलाडीहरुको हितका लागि गम्भिर रहेको बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङले खेलकुद विकासको अभिभारा जिल्ला समितिमा निहित रहेको बताउँदै समितिका पदाधिकारीहरुले आफ्नो जिम्मेवार अनुरुप अघि बढन आग्रह गरे ।

सो अवसरमा परिषदका महाशाखा प्रमुख राम प्रसाद आचार्यले मनोनयन भएका पदाधिकारीहरुलाई अभिमुखिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close