राखेप उपाध्यक्ष आचार्यले गरे पोखरा रंगशालास्थित क्रिकेट मैदानको अवलोकन

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष ध्रब आचार्यले पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानको अबलोकन गरेका छन् ।

शनिबार पोखरा आएका उपाध्यक्ष आचार्यले मैदानको अबलोकन संगै निर्माणाधिन पेभिलियनको समेत अवलोकन गरे । प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य ऋषीराम गौतम, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले उपाध्यक्ष आचार्यलाई स्वागत गर्दै मैदानको बस्तुस्थिती बारे जानकारी गराएका थिए ।

मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष समेत रहेका आचार्यले यहि चैत्र २३ गतेबाट सुरू हुने दोस्रो सस्करणको केपी ओली कप टि २० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि सहयोग गर्न गण्डकी क्रिकेट संघलाई आग्रह गर्दै पोखराको क्रिकेट मैदानको स्त्तरोन्नतीका लागि आफ्नो पहल रहने प्रतिवद्धता समेत जनाए ।

पोखरा क्रिकेट खेल मैदान क्रिकेट प्रेमी र खेलाडीहरुका लागि विश्वकै उत्कृष्ट गन्तव्य बन्न सक्ने बताउँदे उपाध्यक्ष आचार्यले भने ‘हामी क्रिकेट मैदानलाई चलायमान बनाउन के कस्तो सहयोग गर्न सक्छौं हामी त्यसका लागि तयार छौं । यहाँहरुले परियोजनापत्र दिनुहोस । निजी क्षेत्रको सहभागिता संगै अन्य संस्थाहरुलाई समेत यो मैदानको विकासका लागि मेरोतर्फबाट पहल हुनेछ ।”

सन २०२७ मा आयोजना हुने महिला वर्ल्ड १९ क्रिकेटका लागि समेत पोखराको क्रिकेट मैदान उत्कृष्ट हुने बताउँदै उपाध्यक्ष आचार्यले त्यसका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close