
पोखरा स्पोर्टस । पोखरामा सम्पन्न २४ औं आहा ! रारा पोखरा गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी (मष्ट भेलुयबल प्लेयर) बने ब्ल्याक बुल्स एफसीका साभकातजोन सात्तोरोभ ।
उनले सर्वोत्कृष्ट खेलाडीको अवार्डमा टेलजीको स्कुटर हात समेत पारे । पहिलो पटक गोल्डकप खेल्न नेपाल आएको उज्बेकिस्तानी टोली ब्ल्याक बुल्सका सदस्य साभकातजोन सात्तोरोभले प्रतियोगितामा फाइनलसहित तीन खेल खेले । उनले तीन गोल समेत गरे ।
तर विषय यत्तिमा नै सिमित छैन । नेपाली क्लब र विदेशी क्लब फाइनलमा भिडेको स्पर्धामा बिदेशी क्लबले उपाधि जिते पनि त्यो अवार्ड बिदेशी खेलाडीलाई दिने परम्परा थिएन । तर २४ औं आहा रारा पोखरा गोल्डकपमा त्यो परम्परा तोडिएको छ ।
आहा रारा गोल्डकपको टेक्निकल पाच सदस्यिय टिमले साभकातजोन सात्तोरोभलाई मष्ट भेलुयबल खेलाडीको रुपमा छान्यो । अनि इतिहास समेत रचियो भने अर्का तर्फ इतिहास समेत तोडियो ।
ब्ल्याक बुल्स टिमका मिड फिल्डर साभकातजोनको खेल निकै आकर्षक समेत छ । सटिक पास र फिनिसिङमा उत्कृष्ट उनले मष्ट भेलुयबल प्लेयरको उपाधिमा मन जित्न सफल मात्रै भएनन् टिमलाई च्याम्पियन बनाउन समेत अहम भूमिका खेले ।
