भलिबल खेलाडीलाई बाराहीको टिसर्ट

पोखरा,
बराही टिसर्ट उद्योगका प्रोप्राइटर विजय शाहीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीलाई टिसर्ट प्रायोजन गरेका छन् ।

समान २५–२५ पुरुष/महिला खेलाडी, प्रशिक्षकलगायतलाई ५५ थान टिसर्ट राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले बुधबार हस्तान्तरण गरे । नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष यम गुरुङको पहलमा बराहीले टोलीलाई टिसर्ट उपलब्ध गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close