गण्डकी प्रदेशका दुई धार्मिक केन्द्र जोड्ने नदीमा सुरू भयो अल्ट्रा र्‍याफटिङ प्रतिष्पर्धा

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका दुई धार्मिक केन्द्र जोड्ने नदी त्रिशुली र नारायणी नदी जोड्दै आजबाट दुई दिने राष्ट्रिय अल्ट्रा र्‍याफटिङ प्रतियोगिता सुरू भएको छ ।

गोरखा गण्डकी गाउँपालिका वडा नं ६ तल्लो भुमिचोक टार (फिसलिङ)बाट सो प्रतियोगिता सुरू भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सुरू भएको प्रतियोगितालाई एक कार्यक्रमका बीच प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले उदघाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै सदस्य सचिब शर्माले नेपालका धार्मिक महत्वका नदी र तिनका संगम स्थलहरूको खेलमार्फत प्रवर्द्धन गर्न यस प्रकारका प्रतियोगिता सुरू गरिएको बताए । खेलमार्फत समाजमा सचेतना जगाउन संगै नेपाली नदीहरुलाई खेलमार्फत प्रवर्द्धन गर्ने अर्को लक्ष्य लिएको उनले बताए । उनले भने–“गण्डकी प्रदेशमा वाटर स्पोर्टसको अथाह सम्भवना छ । हामी नयाँ ठाउँको पहिचान गर्दै जल पर्यटनमा सहाशिक खेल पर्यटनको ढोकालाई उर्घान चाहन्छौं भने यूवा खेलाडी उत्पादन समेत हाम्रो लक्ष्य हो ।” उनले वाटर स्पोर्टसबाट उत्पादन हुने खेलाडीहरुलाई बाढि प्रकोपको उद्धारको क्षेत्रमा समेत परिचालन गर्न सक्ने गरी यूवा खेलाडीहरुलाई यो खेलमा आकषर्ण गर्न समेत प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा नेपाली विभागिय टोली नेपाल आर्मी क्लब र आयोजक गण्डकी प्रदेशको २–२ तथा कोशी प्रदेश, बागमती प्रदेश १–१ गरी कुल ६ टिमका ४२ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीले बताए ।

दुई चरणमा विभाजन गरी सुरू भएको प्रतियोगिता पहिलो दिन तनहुँ जिल्ला आँवुखैरेनी वडा नं ५ छिम्केश्वरीमा पुगेर सम्पन्न भएको छ । आज पहिलो दिन खेलाडीहरूले त्रिशुलीनदीबाट करिव २६ किमिको प्रतिष्पर्धा पुरा गरेका छन् । भोली बिहान पुनः सुरू हुने प्रतियोगिता दिउसो तनहुँ जिल्लाको धार्मिक केन्द्र देवधाटमा पुगेर सम्पन्न हुने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना, गोरखाका प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेल, गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close