
पोखरा स्पोर्टस । कास्की जिल्लास्तरिय स्कूल बालबालिका खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको उक्त कार्यक्रममा ट्रयाक एण्ड फिल्डतर्फका ६ वटा इभेन्टहरु आयोजना गरिएको हो । प्रतियोगितामा छोरेपाटन मावीले ३ स्वर्ण, १ रजत र १ काश्य पदक सहित विजेता बनेको छ भने कास्की मोर्डनाइज्ड मावी २ स्वर्ण १ रजत र २ काश्यका साथ दोश्रो हुँदा त्रिवेणी मावी २ स्वर्ण र एक रजतका साथ तेश्रो भएको छ ।
जिल्ला एथलेटिक्स संघ कास्कीको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रम अन्तर्गत १०० मिटर छात्रतर्फको दौडमा कास्की मोर्डनाइज्ड एकेडेमीका प्रवेश थापाले १२.१८ सेकेण्डमा दौड पुरा गरी स्वर्ण पदक जिते । त्यसै गरी छोरेपाटन मावीका विनोद नेपालीले रजत र डायमण्डका ऋषी बहादुर कुमालले काश्य पदक हात पारे
त्यस्तै छात्रा १०० मिटर तर्फ त्रिवेणी मावीकी एञ्जल अधिकारीले १४.२० सेकेण्डमा दुरी पार गरी स्वर्ण पदक जित्दा केफकी संगम भण्डारीले रजत र लिटल फ्ल्वारकी कृष्ता गुरुले काश्य पदक जितिन् ।
त्यस्तै २०० मिटर छात्रतर्फ लिटिल फ्ल्वारका कुश पोखरेलले स्वर्ण, केएमएका प्रमोद थापाले रजत र शैनिक आवाशियका प्रज्वल खड्काले काश्य पदक हात पारे । छात्रातर्फ सगरमाथाकी अनुश्का अधिकारीले स्वर्ण, हिमाल कलेजकी रितु भण्डारीले रजत र छोरेपाटन मावीकी एन्जल गुरुङले काश्य पदक जितिन् ।
८०० मिटर छात्र दौडमा केफक विवेक परियार, शैनिकका अभियान तिवारी र शैनिककै सागरलामाले क्रमश स्वर्ण, रजत र काश्य पदक जिते भने छात्रातर्फ छोरेपाटन मावीकी नारायणी भण्डारी, एलपी देवकोटाकी मेनुका अधिकारी, उदय मावीकी करुणा कुमालले क्रमश स्वर्ण, रजत र काश्य पदक जिते ।
यसै गरी १५०० मिटर छात्र दौडमा छोरेपाटनका तेन्जन रोक्का, केफका बिबेक परियार, र कास्की मोर्डनाइज्डका सन्दिप कुवंरले क्रमश स्वर्ण, रजत र काश्य पदक जिते । त्यसै गरी छात्रातर्फ छोरेपाटन मावीकी नारायणी भण्डारी, त्रिवेणीकी अलिशा जिशी, लिटिल फ्ल्वारकी जस्मिन श्रेष्ठले क्रमश स्वर्ण, रजत र काश्य पदक जिते ।
लङ जम्पतर्फ भएको प्रतिस्पर्धामा छात्रतर्फ कास्की मोर्डनाइज्डका प्रवेश थापाले स्वर्ण जिते भने लिटिल फ्ल्वारका लभ पोखरेलले रजत र केएमएका प्रमोद थापाले रजत पदक जिते । त्यस्तै छात्रातर्फ त्रिवेणीकी एन्जल अधिकारी, सगरमाथाकी अनुस्का अधिकारी र कुमुदिनीकी लक्ष्मी कुमालले क्रमश स्वर्ण, रजत र काश्य पदक जिते ।
