राखेपको रिक्त सदस्यमा ८ जनाको मनोनयन

गण्डकीले पाएन अवसर

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)को रिक्त सदस्य पदमा ८ जना मनोनयन भएका छन् ।

नेपाल सरकार मन्त्री परिषदको बैठकले उनीहरुलाई मनोनयन गरेको हो । मनोनयन हुनेहरुमा तीन महिला सहित ५ पुरुष छन् । यस अघि समेत सदस्य रहेकी नन्दा बस्याल सदस्य पदमा पुनः दोहोरिएकी छन् ।

खेल संघबाट अघिल्लो पटक सदस्य रहेकी सुवर्ण श्रेष्ठले दोस्रो पटक सदस्य हुने मौका पाएकी छन्

मनोनयन हुनेहरुमा शान्तीकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) रहेका छन् ।

यसै बीच राखेपमा रिक्त रहेको उपाध्यक्षको पद भने अर्को हप्ता मनोनयन गर्ने जनाइएको छ ।

सरकारले राखेपमा ८–८ जना मनोनयन गरे पनि नेपालको खेलकुद हवको रुपमा चिनिएको गण्डकी प्रदेशबाट भने कसैलाई पनि अवसर दिएन । गण्डकी प्रदेश सबै खेलको केन्द्रविन्दु भनिए पनि त्यो गफ र भाषणमा मात्रै सिमित देखिएको छ । गण्डकीबाट मनोनयन हुन नसक्दा यहाँको खेल क्षेत्र पछि पर्ने निश्चित समेत छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close