माउन्ट अन्नपूर्ण माविको वार्षिक खेलकुद कार्यक्रम सुरू

पोखरा स्पोर्टस । पोखरा नदिपुर ३ स्थित माउन्ट अन्नपूर्ण माविको वार्षिक खेलकुद कार्यक्रम सुरू भएको छ ।

गण्डकी प्रदेशकै पहिलो निजी विद्यालयको रुपमा स्थापित माउन्ट अन्नपूर्ण माविको खेलकुद कार्यक्रम पोखरा रंगशालामा सुरू भएको हो । वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत जुनियर/सिनियर छात्र/छात्रा ह्याण्डबल, सिनियर छात्र/छात्रा भलिबल, छात्र/छात्रा जनियर/सिनियर एथलेटिक्स ट्रायक एण्ड फिल्ड, सिनियर परम्पारगत खेल ठेलो समेत हुने विद्यालयले जनाएको छ ।

पोखरामा आइतबार सुरू भएको ह्याण्डबल प्रतियोगिताको एक कार्यक्रमका बिच नेपाल ह्याण्डबल संघका पूर्व अध्यक्ष एवं पूर्व प्रहरी उपरिक्षक सागर थपलिया, ह्याण्डबलका पूर्व सल्लाहकार विश्ववम मल्लले एक कार्यक्रमका बिच शुभारम्भ गरे । सो अवसरमा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ, अग्रज ह्याण्डबल खेलाडी राम बहादुर गुरुङलगायतको सहभागिता रहेको थियो । 

तीन दिन सम्म सञ्चालन हुने वार्षिक खेलकुदमा विद्यालयका चार इन हाउस २८० खेलाडीहरुको सहभागिता रहेको छ ।

बाल कक्षा देखि कक्षा ११/१२ (प्लस टु) सम्म अध्ययन/अध्यापन हुँदै आएको माउन्ट अन्नपूर्ण माविमा एक हजार भन्दा बढि विद्यार्थीहरु रहेको विद्यालयका प्रिन्सिपल सइन्द्र श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close