गण्डकी विश्वविद्यालय कुलपति रनिङ्ग शिल्ड फुटबल : क्वार्टर फाइनल समिकरण पुरा

पोखरा स्पोर्टस । ब्याचलर्स लेभलमा स्पोर्टस म्यानेजमेन्ट विषयमा अध्ययन/अध्यापन हुँदै आएको नेपालको एक मात्र गण्डकी विश्वविद्यालयद्वारा आयोजित ‘कुलपति रनिङ्ग शिल्ड विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता २०८१’ को तेस्रो दिन क्वार्टरफाइनलका समिकरण पुरा भएको छ ।

पोखरा रंगशालामा जारी मावि स्तरीय छात्र फुटबल अन्तर्गत तेस्रो दिन ६ खेल सम्पन्न भए संगै क्वार्टरफाइनलका समिकरण पुरा भएको प्राध्यापक सोनाम लामाले जानकारी दिएका छन् । सोमबारको पहिलो खेलमा सहिद स्मृतिले शान्ति निकुञ्जाः ४–० गोलले पराजित गरेको छ । सो खेलमा शहिद स्मृतिका केश बहादुर रोका मगर म्यान अफ दि म्याच बने । उनले खेलमा ह्याट्रिक गरेका थिए ।

यस्तै दोस्रो प्रिक्वार्टरमा जुनियर सिटिजन्स एकेडेमी (जेसिए) बिजयी बन्यो । जेसिएले ३–१ ले कालिका बहुमुखी क्याम्पसलाई हरायो । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका जेसिएका सगुन पाठक म्यान अफ दि म्याच घोषित भए ।

यता स्टेप बाइ स्टेपले गुरुकुल विद्याश्रम विरुद्ध गोलको वर्षा गरेको छ । स्टेप वाई स्टेपका पवन अधिकारी म्यान अफ दि म्याच बनेको खेलमा स्टेप वाई स्टेप ७–० गोलले बिजयी भयो । यता ज्ञानसागर एकेडेमी एसओएस विरुद्ध १–० ले बिजयी बन्यो । ज्ञान सागरका रोशन गुरुङ म्यान अफ दि म्याच बने ।

यसै गरी पञ्चमुनी देव माविले लेखनाथको श्री गोगन माविलाई २–० ले पाखा लगाउँदै अन्तिम आठमा प्रवेश गरेको छ । पञ्चमुनीका सुशान्त थापाले म्यान अफ दि म्याचको ट्रफी हात पारे भने अन्तिम प्रिक्वार्टरमा इन्द्र राज्य लक्ष्मी माविले पोखरा आदर्शलाई ४–० ले स्तव्ध बनायो । इन्द्र राज्यका अमृत मगर म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता यहि पौष ३ गते सम्म सञ्चालन हुने विश्वविद्यालय खेलकुद म्यानेजमेन्टका कोर्डीनेटर डा. मधुसुदन सुवेदीले पोखरा स्पोर्टसलाई जानकारी दिए । मंगलबार सेमीफाइनलका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगितामा २३ विद्यालयको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close