डेभिस कपमा प्रदीप र अभिषेकको विजयी सुरुवात

पोखरा स्पोर्टस । नेपालले डेविस कपमा बुधबार जित हात पारेको छ । बहराइनको मानामामा नेपालले गुआमलाई २–१ ले पराजित गरेको हो ।

नेपालले दुई सिंगल्समा जित हात पारेको छ भने डबल्समा चुक्यो । पुरुष सिंगल्समा नेपालका प्रदीप खड्काले गुआमका लियरेन्स डानियललाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे ।

अर्को सिंगल्समा नेपालका अभिषेक बाँस्तोलाले गुआमका डेरेक उकुहामालाई सीधा सेटमा ६–१ र ६–१ ले हराए ।

नेपाली खेलाडी अभिषेक विश्व टेनिस १८४० र्‍याकिङमा रहेका छन् । गत वर्ष कुनै पनि नेपालमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा अपराजित रहेका अभिषेक गत वर्ष सम्पन्न डेभिस कपमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो समुहमा पहिलो स्थान बनाएका थिए ।

अभिषेकले गत वर्ष आफ्नो समुहका मालदिभ्स, बहराइन र कतारलाई पराजित गरेका थिए । उनी दुई पटक इन्डोनेशिया र चिनमा सम्पन्न एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।
फायल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close