कास्की क्लबस्तरीय एक दिवशिय क्रिकेट : सुवास भण्डारी र देव शाहको उत्कृष्ट बलिङमा सांग्रिला पराजित

पोखरा स्पोर्टस । कास्की क्लबस्तरीय एक दिवशिय क्रिकेटमा पोखरा क्रिकेट क्लबका सुवास भण्डारी र देव शाहको उत्कृष्ट बलिङ सामु गत संस्करणको उपाधि बिजेता सांग्रिला क्रिकेट क्लब पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा क्रिकेट क्लबको दुई खेलमा दुई जितसहित ४ अङ्क छ भने सांग्रिलाको १ अङ्क मात्रै छ । 

राष्ट्रिय यू–१९ टिमका सदस्य समेत रहेका सुवास र एभरेष्ट प्रिमियर लिग (एपिएल)मा आफ्नो क्षमता प्रदर्शन गरिसकेका देव शाह बलिङमा चम्किदा पोखरा क्रिकेट क्लब ११ रनले बिजयी हुँदै सेमीफाइनलमा स्थान पक्का गरेको छ । सुवास र देवले समान ४–४ विकेट हात पारे । ५० ओभरको खेलमा ८१ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको साग्रिला १३.५ ओभरमा ६९ रनमा धराशायी बन्यो ।

जारी प्रतियोगितामा टि–२० मा अभ्यस्त दुबै टिमका खेलाडीहरुले वन डे फर्म्याटको खेललाई आत्मसाथ गर्न सकेनन् । जसमा  पोखराले १९ रन सांग्रिलालाई अतिरिक्त रन दिएको थियो ।

टस जितेर इनिङको सुरूवात गरेको पोखरा २७.१ ओभरमा सबै विकेट गुमाउँदै ८० रन मात्रै जोड्यो । मुस्कान थापा २७ बलमा ३ चौका प्रहार गर्दै सर्वाधिक १८ रन जोडे, सुवास भण्डारीले २९ बलमा १२ रन, रोशन पौडेलले ३० बलमा ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । सांग्रिलाका लागि भुवन रेग्मीले ६ ओभरमा १९ रन खर्चिएर ३ विकेट लिए । सुदिप पौडेल र सिव्रिन श्रेष्ठले समान २–२ विकेट हात पार्दा सुमित शेरचन, सागर पौडेल र सनम बुढाले समान १–१ विकेट लिए ।

यता सांग्रिलाका लागि पोखराका देव शाहको बलमा एलबिडव्लु धरापमा पर्नु अघि ३४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३५ रनको योगदान दिए । सांग्रिलाका ५ जना खेलाडी खाता समेत खोल्न सकेनन् । खेलको म्यान अफ दि म्याच समेत रहेका सुवास भण्डारीले १९ बलको सामना गरेका रिकेश गुप्ता लाई व्यक्तिगत ५ रनमा आउट गरे भने सुदिप पौडललाई र विराट दवाडीलाई बोल्ड गर्दै सून्य रनमा तथा १ रन जोडेकासनम बुढालाई समेत बोल्ड आउट गर्दे पेभिलियन फर्काए ।

यता देव शाहले अरुण अधिकारीलाई ४ रन आउट गरे भने सागर बस्याल र भूवन रेग्मीलाई खाता समेत खोल्न दिएनन् । सुवासले आफ्नो ७ ओभरको बलिङ स्पेलमा ३ मेडन राख्दै १९ रन खर्चिए भने देव शाहले ५ं.५ ओभरमा ३१ रन दिए । यस्तै १ ओभर मात्रै बलिङ गरेका अनिष खड्काले १८ रन दिएर १ विकेट लिए । अनिषले सुमित शेरचनलाई सून्य रनमा रन आउट गरेका थिए ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना जारी प्रतियोगितामा भोली (बिहिबार)को खेल कास्की क्रिकेट क्लब र माछापुच्छ्रे क्रिकेट क्लबका बीच हुनेछ । 

१२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद र पोखरा महानगरपालिकाको सहयोग रहेको छ । पिएम कपको जिल्ला छनोटको रुपमा समेत रहेको प्रतियोगिताको समुुह ए मा सांग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब रहेका छन् ।

त्यस्तै समुुह बि मा माछापुच्छ्रे क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युुथ क्रिकेट क्लब रहेका छन् भने समुह सि मा राइजिङ क्रिकेट क्लब, अरण्य ज्योती क्रिकेट क्लब र गण्डकी स्पोर्टस क्रिकेट क्लब रहेका छन । 

प्रतियोगिताबाट नवप्रवेशीको रुपमा रहेको लेकसाइड क्रिकेट क्लब, लेखनाथ युुथ क्रिकेट क्लब र गण्डकी स्पोर्टस क्रिकेट क्लब बाहिरिइ सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close