
पोखरा स्पोर्टस । सहारा क्लब पोखराको भातृ संस्था सहारा क्लब हङकङले दोस्रो संस्करणको स्वर्गिय विल तामाङ स्मृती सहारा कपको तयारी सुरु गरेको छ ।
उक्त प्रतियोगिता असोज ६ गते (सेप्टेम्बर २२)का दिन हुन लागेको हो । सिक्स ए साइड फर्मेटमा हुने प्रतियोगिता हङकङ कोलुन पार्कस्थित जोर्डन पार्कमा गर्ने तयारी गरिएको सहारा हङकङका अध्यक्ष दिपक गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
को हुन तामाङ ?
स्वर्गिय तामाङ सहारा क्लबको प्रशिक्षक संगै सहारा क्लब हङकङका बरिष्ठ उपाध्यक्ष थिए । लामो समय पोखराको फुटबलमा कृयाशिल तामाङ हङकङमा रहेर फुटबल प्रशिक्षण संगै विभिन्न सामाजिक कृयाकलापमा संल्गन थिए । उनी एफसी–एन्फा ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक थिए । उनको २०७८ साल जेठ ४ गते कोभिड १९ का कारण ४६ वर्षको उमेरमा पोखरामा उपचारकै क्रममा निधन भएको थियो ।
